News Portal

बाढीपहिरो प्रभावितलाई खाद्यान्न अभाव हुन नदिन प्रधानमन्त्री देउवाको निर्देशन

हिमालीसंचार संवाददाता
३९६ पटक

काठमाडाैं।
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो प्रभावितहरूका लागि राहत, उद्धार र खाद्यान्न अभाव हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौँ बैठकमा मंगलबार देउवाले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा बाढी पहिराले बगाएका पुलहरूका स्थानमा बेलीब्रिज तत्काल सञ्चालन गर्न पनि निर्देशन दिएका छन्।

यस्तो पुलहरू सञ्चालन गर्न समय लाग्ने स्थितिमा नेपाली सेनामार्फत मोडयुलर यान्त्रिक पुल निर्माणको व्यवस्था मिलाउनसमेत देउवाले निर्देशन दिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत एवं परिषद्का सदस्यसचिव अनिल पोखरेलले जानकारी दिए।

बैठकमा बाढीपहिरो र प्राकृतिक विपद्बाट ठूलो क्षति भएको परिस्थितिको समीक्षा गरिनाका साथै मनसुन बाँकी नै रहेको अवस्थामा तीनै तहका सरकार र सबै सुरक्षा निकायको समन्वयमा राहत, उद्धार र खाद्यान्न वितरणको व्यवस्था मिलाउन प्रधानमन्त्री देउवाले निर्देशन दिएका छन्।

मेलम्ची क्षेत्रमा गेगरानसहितको ठूलो पहिराले भएको क्षति सम्बन्धमा विश्वमा भएका सबै ज्ञान र सीपको प्रयोग गरेर निराकरणको उपाय पहिल्याउने बारेमा समेत छलफल भएको सदस्यसचिव पोखरेलले बताए। प्रधानमन्त्री देउवाले प्राधिकरणलाई सशक्त बनाउन संस्थागत सुदृढीकरणका लागि ओ एन्ड एम सर्भे गर्न तथा गृह मन्त्रालयले हाल परिचालन गरिरहेको विपद् कोषलाई नियमावली बनाएर विपद् जोखिममा तत्काल गर्नुपर्ने कामका लागि प्राधिकरणलाई हस्तान्तारण गर्नसमेत निर्देशन दिएको उनले जानकारी दिए।

प्रधानमन्त्री देउवाको अध्यक्षतामा सम्पन्न परिषद्को बैठकमा सबै मन्त्रीहरू, मुख्य सचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, चारै सुरक्षा निकायका प्रमुख उपस्थित थिए। – रासस

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...