News Portal

विद्युत् प्राधिकरणमा कुलमान धिसिङको नियुक्ति, हितेन्द्रको सम्मनजनक बहिर्गमन

हिमालीसंचार संवाददाता
६०३ पटक

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन्। गत सोमबार मन्त्रिपरिषद्को बैठकले कुलमान धिसिङ नियुक्ति गर्ने निर्णय गरिएको हो ।    

कार्यकारी निर्देशकमा धिसिङलाई ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद्मा पेश गरेको प्रस्तावअनुसार घिसिङलाई नियुक्ति दिइएको हो। मन्त्री भुसाले नै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा पठाउने प्रस्ताव गरेकी थिइन्। 

शाक्यको सम्मानजनक बहिर्गमनका लागि प्राधिकरणमा खाईपाई आएको तलब सुविधा दिने गरी आयोगमा पठाउने प्रस्तावप्रति अर्थको सहमति आवश्यक पर्छ। अर्थमन्त्री जनार्दन शर्मा मन्त्रिपरिषद्को बैठकमा उपरिस्थत नभएकोले त्यसको माइन्युट हिजोको बैठकमा नभएको स्रोतको भनाइ छ। यसअनुसार प्रधाकिरणबाट शाक्य आज विदा भएर निस्केका छन्। 

त्यस्तै, कुलमान घिसिङले भने आज नै कार्यभार सम्हाल्ने तयारी गरेका थिए। तर पत्र नपाएकोले कार्यभार सम्हाल्ने कार्यक्रम रोकिएको छ। सम्भवत उनले बुधबार कार्यभार सम्हाल्नेछन्।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...