News Portal

सुनसरीको ईनरुवा बसपार्कबाट कारमा सवार ५ जना युवा ब्राउन सुगरसहित पक्राउ

हिमालीसंचार संवाददाता
३८८ पटक

ईनरुवा – सुनसरीको पुर्वपश्चिम राजमार्गमा पर्ने ईनरुवा नगरपालिका वडा नं. ४ स्थित ईनरुवा बसपार्क हुदै कारमा सवार ४ जना युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

उक्त कारमा सवार हनुमाननगर कंकालिनी वडा नं. १४ सप्तरीका २० बर्षीय अमोद कुमार यादव, तिलाठी कोलारी वडा नं. ४ सप्तरीका २० बर्षीय ईनर कुमार मुखिया, रामपुर मलहनिया वडा नं.  १४ सप्तरीका २४ बर्षीय बिनोद कुमार कामत, तिलाठी कोलारी  वडा नं. ४ सप्तरीका १९ बर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी वडा नं. ४ बस्ने २२ बर्षीय फुल कुमार मुखिया प्रक्राउ परेका हुन् । 

कारमा सवार चार जना युवाहरुलाई हिजो राती करिब ८ बजे लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलाय सुनसरीको प्रहरी टोलीले बसपार्क हुदै पुर्वतर्फ जादै गरेको बा १४ च ६१४५ नम्बरको कारसहित प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले कार रोकेर चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको थियो । प्रहरीका अनुसार १३० ग्राम फेला ब्राउन सुगर वरामद भएको छ । पाँच जनालाई कारसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...