News Portal

गोरखामा छोरी बलात्कार गर्ने बाबु र काका पक्राउ

हिमालीसंचार संवाददाता
३९७ पटक

नरहरि सापकोटा, गोरखा।
छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा बाबु र काका पक्राउ परेका छन्। गोरखाको पालुङ्टार नगरपालिका वडा नं ८ की एक बालिकालाई आफ्नै बुबा र काकाले बारम्बार बलात्कार गरि गम्भिर बिरामी बनाएको बालिकाको गुनासोपछि प्रहरीले पक्राउ गरेको हो।

पटकपटक बलात्कारको शिकार बनेपछि पाठेघरको बिरामी बनेकी ११ वर्षीया बालिका गत असार २७ गते थापाथली अस्पतालमा उपचार गराउन पुगिन्। सो क्रममा फुपूसमक्ष उनले आफूलाई बाबु र काकाले बलात्कार गर्दा बिरामी भएको बताएपछि प्रहरीसम्म उजुरी आईपुगेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताए।

श्रीमतीले दोस्रो बिहे गरी गएपछि एक्लिएका बुबाले आफूलाई घरभित्रै बारम्बार जबरजस्ती करणी गर्ने गरेको उपचारको क्रममा बालिकाले फुपूलाई बताएकी थिइन्। साथै काकाले समेत गत कात्तिक महिनामा आफूलाई बलात्कार गरेको उनले फुपूलाई बताईन।

छोरीलाई बलात्कार गरेको आरोपमा फुपूले आफ्ना दाजु र भाइ दुवैजनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि घटना बाहिर आएको डिएसपी दाहालले बताए। सोही जाहेरीको आधारमा प्रहरीले गत शुक्रबार आरोपित दुबै जनालाई पक्राउ गरेको छ। उनीहरु विरुद्ध जबरजस्ती करणीको शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी दाहालले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...