News Portal

  • वैदेशिक रोजगारीमा जाने कामदार ५५ प्रतिशतले घटे

    हिमालीसंचार संवाददाता
    ४४० पटक

    काठमाडौं।
    गत आर्थिक वर्ष २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ। गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ। अघिल्लो आव २०७६/७७ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २८ प्रतिशतले घटेको थियो। यो क्रमले गत आवमा पनि निरन्तरता पाएको छ।

    वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनअनुसार गत आवमा १ लाख ६६ हजार ६९८ जना नेपाली कामदार मात्र वैदेशिक रोजगारीमा गएका छन्। अघिल्लो आव २०७६/७७ मो भने ३ लाख ६८ हजार ४३३ जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए। आव २०७५/७६ मा पनि त्योभन्दा बढी अर्थात् ५ लाख ८ हजार ८२८ जना नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकले देखाएको छ।

    श्रम स्वीकृतिको नवीकरण गरेर र नयाँ श्रम स्वीकृति लिएर गत आवमा त्यो बराबर कामदार वैदेशिक रोजगारीमा गएका हुन्। गत आवमा ७२ हजार ८१ जना नयाँ कामदार (नयाँ श्रमस्वीकृत लिएका) वैदेशिक रोजागरीमा गएका छन्। अघिल्लो आवमा भने १ लाख ९० हजार ४५३ जना नयाँ कामदार वैदेशिक रोजगारीमा गएका थिए।

    गत आवमा नेपालीहरू वैदेशिक रोजगारीको लागि ११६ देशमा गएको देखिन्छ। यूएई, जापान, रोमोनिया, मलेशिया, कतार, साउदी, बहराइन, दक्षिण कोरिया, साइप्रसलगायत मुलुकमा नेपाली कामदार गएका छन्। सबैभन्दा बढी कामदार कतारमा गएका छन्। गत आवमा कतारमा कुल ५४ हजार ९१५ जना कामदार गएका छन्। दोस्रो स्थानमा रहेको साउदी अरबमा भने ४६ हजार ९६० जना कामदार गएका छन्।

    यसैगरी यूएईमा ४० हजार ४७७ कामदार गएको विभागको तथ्यांकले देखाएको छ। सामान्य अवस्थामा नेपालबाट वार्षिक ४/५ लाख कामदार वैदेशिक रोजगारीमा जाने गर्छन्। तर, पछिल्लो दुई आवमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या वात्तै घटेको छ, यसको मुख्य कारण कोरोना महामारी रहेको विभागले बताएको छ।

    विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले मुख्यतः कोरोना महामारीकै कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घटेको बताए। ‘विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न नेपालसहित विश्वका अधिकांश मुलुकमा बन्दाबन्दी लगाइयो। यो समाचार आर्थिकअभियान दैनिकमा छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ३ गतेको राशिफल

    आज कार्तिक ३, २०८२ (अक्टोबर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    जेन–जी आन्दोलनमा प्रहरीमाथि आक्रमण गर्ने व्यक्ति पक्राउ

    काठमाडौं, कार्तिक २ – भदौ २४ मा जेन–जी आन्दोलनका क्रममा तीनकुने प्रहरी चौकीमा आक्रमण गरी...

    ट्रम्पलाई ‘तानाशाह’ भन्दै युरोप, अमेरिका र क्यानडामा ठूलो प्रदर्शन

    काठमाडौँ, कार्तिक २ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यशैलीलाई ‘राजासमान’ भएको आरोपमा शनिबार अमेरिका भरि...

    ओलीले दाबी गरे: सुशीला कार्कीको नाम प्रधानमन्त्री सिफारिसमा छैन

    काठमाडौं, कार्तिक २  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारको प्रधानमन्त्री चयनको क्रममा...

    ओलीद्वारा देश र जनताप्रति स्थायी बफादारीको दाबी

    काठमाडौं, कार्तिक २  – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमानमा देश अस्थिर र त्रासपूर्ण...