News Portal

द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरलाई

हिमालीसंचार संवाददाता
४७६ पटक

काठमाडौं – तेस्रो संस्करणको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि किरण गजमेरले जितेका छन्। अहिले शनिबार भएको फाइनलमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै किरण गजमेरले उपाधि रक्षा गरेका हुन्।

ब्लाइन्ड अडिसनमा ‘देखेर तिमीलाई’ बोलको गीत गाएर कोच प्रमोद रोजेका उनले त्यसपछि पछाडि फर्कनु परेन। उनी अमेरिकाबाट द भ्वाइसको लागि नेपाल आएका किरण गजमेर ‘भ्वाइस अफ नेपाल’कै लागि आठमहिनादेखि नेपालमा छन् ।

‘भ्वाइस अफ नेपाल’मा सहभागी हुनुपूर्व उनले कर्णराज कार्कीसँग तालिम लिएका थिए। पूर्वका झापा जिल्लाको खुदुनाबारी शिविरमा रहेकै बेला उनले सन् २००५ सालमा पहिलो बाल गीत रेकर्ड गराएका किरण गजमेरले ‘रातको चन्द्रमालाई’ बोलको गीत गाएपछि चर्चामा आएका थिए। 

किरणले यसबीचमा ‘राधा’, ‘साढे सात’ लगायत चलचित्रमासमेत आफ्नो सफल आवाज दिइसकेका छन्। किरणले यसअघि इमेज एफएम, कालिका एफएमलगायतका चर्चित अवार्डहरू समेत हात पारिसकेका थिए।

किरण गजमेरले तेस्रो संस्करणको फाइनलमा टिम प्रमोदबाट किरण गजमेर, टिम दिपबाट आर्यन तामाङ, टिम तृष्णाबाट ज्वाला राई र टिम राजुबाट तारा श्रीष मगरले फाइनलमा प्रतिश्पर्धा गरेका थिए। तीन जना प्रतिस्पर्धिहरु उत्कृष्ट रहेता पनी भोटिङका आधारमा किरण गजमेरले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गरेका हुन्। 

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...