News Portal

द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरलाई

हिमालीसंचार संवाददाता
५१९ पटक

काठमाडौं – तेस्रो संस्करणको गायन रियालिटी शो द भ्वाइस अफ नेपालको उपाधि किरण गजमेरले जितेका छन्। अहिले शनिबार भएको फाइनलमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै किरण गजमेरले उपाधि रक्षा गरेका हुन्।

ब्लाइन्ड अडिसनमा ‘देखेर तिमीलाई’ बोलको गीत गाएर कोच प्रमोद रोजेका उनले त्यसपछि पछाडि फर्कनु परेन। उनी अमेरिकाबाट द भ्वाइसको लागि नेपाल आएका किरण गजमेर ‘भ्वाइस अफ नेपाल’कै लागि आठमहिनादेखि नेपालमा छन् ।

‘भ्वाइस अफ नेपाल’मा सहभागी हुनुपूर्व उनले कर्णराज कार्कीसँग तालिम लिएका थिए। पूर्वका झापा जिल्लाको खुदुनाबारी शिविरमा रहेकै बेला उनले सन् २००५ सालमा पहिलो बाल गीत रेकर्ड गराएका किरण गजमेरले ‘रातको चन्द्रमालाई’ बोलको गीत गाएपछि चर्चामा आएका थिए। 

किरणले यसबीचमा ‘राधा’, ‘साढे सात’ लगायत चलचित्रमासमेत आफ्नो सफल आवाज दिइसकेका छन्। किरणले यसअघि इमेज एफएम, कालिका एफएमलगायतका चर्चित अवार्डहरू समेत हात पारिसकेका थिए।

किरण गजमेरले तेस्रो संस्करणको फाइनलमा टिम प्रमोदबाट किरण गजमेर, टिम दिपबाट आर्यन तामाङ, टिम तृष्णाबाट ज्वाला राई र टिम राजुबाट तारा श्रीष मगरले फाइनलमा प्रतिश्पर्धा गरेका थिए। तीन जना प्रतिस्पर्धिहरु उत्कृष्ट रहेता पनी भोटिङका आधारमा किरण गजमेरले द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि प्राप्त गरेका हुन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...