News Portal

गैरआवसीय नेपाली संघ बेलायतको अध्यक्षमा प्रेम गाहा मागर विजयी

हिमालीसंचार संवाददाता
३७८ पटक

लण्डन – गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेलायतको अध्यक्षमा प्रेम गाहा मगर अत्यधिक मतान्तरले विजयी भएका छन् । अध्यक्षका तीन जना प्रत्यसीहरु मध्ये अत्याधिक मत पाएका मगरले आफ्ना दुई प्रत्यसीलाई पछि पार्दै आगामी सन् २०२१-२०२३ सालको लागि विजयी भएका हुन्।

अध्यक्षका अन्य दुई प्रत्यासी रोजिना प्रधान राई र दीपक श्रेष्ठलाई पराजित गर्दे आगमी सन २०२१-२०२३ दुई बर्षे कार्यकालका लागि गाहामगर अध्यक्षमा निर्वाचित भएका हुन् । मगरले ४ हजार ५ सय ७४ मत प्राप्त गरेका थिए। त्यस्तै दुई प्रत्यासी दीपक श्रेष्ठले २ हजार १ सय ९१ र रोजिना प्रधान राईले २ हजार १ सय ४८ मत प्राप्त गरेका थिए ।

त्यस्तै, उपाध्यक्षमा गोविन्द खरेल, रामचन्द्र पोखरेल, नारायण कँडेल, मोहन कार्की, सुनिलबाब खड्का, महिला उपाध्यक्षमा शकुन्तला गुरुङ, महासचिवमा खुशी लिम्बु, सचिवमा विश्व चालिसे, ज्ञानेन्द्र आले, महिला सचिवमा नम्रता घले, कोषाध्यक्षमा विष्णुप्रसाद खरेल, सहकोषाध्यक्ष शसांक शर्मा, महिला संयोजकमा विमला लिम्बु, युवा संयोजकमा तीर्थबहादुर मल्ल त्यसैगरी सदस्यहरुमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा (सपना) खनियाँ, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापामगर, विशाल राई, भानुभक्त घिमिरे, बालकृष्ण दाहाल र भीमलाल खनाल विजयी भएका छन ।

इङल्याण्ड राज्यसमिति तर्फबाट अध्यक्ष लालबहादुर गुरुङ, उपाध्यक्ष भक्तबहादुर दर्जी, सचिव रामप्रसाद पन्थी र सहसचिव सचिन भट्टराई विजयी भएका छन। त्यस्तै, नदर आयरल्याण्ड राज्यसमितिको अध्यक्ष बलबहादुर थापा, उपाध्यक्ष यामबहादुर रेग्मी सचिव, विष्णुबहादुर छेत्री, सहसचिव प्रेम खत्री, कोषाध्यक्ष रामु खड्का र सहकोषाध्यक्ष दीलिपकुमार आचार्य विजयी भएका छन ।

स्कटल्याण्ड राज्यपरिषद समितिको अध्यक्ष काशीराम भण्डारी, उपाध्यक्ष उज्वल कार्की, सचिव मनिष खत्री, सहसचिव यशोदा सुमी ओझा भण्डारी , कोषाध्यक्ष सर्मीला भण्डारी र सहकोषाध्यक्ष प्रजापति भण्डारी विजयी भएका छन ।

वेल्स राज्यसमितिको अध्यक्ष कृष्णप्रसाद भण्डारी, उपाध्यक्ष अमृत घले, सचिव दीपक प्रकास सुब्बा र सहसचिव सञ्जीव मैनाली विजयी भएका छन ।

गुल्मी जिल्लाको तमघास जन्म भएका गाहा मगर २६ बर्षदेखि बेलायत बस्दै आएका छन । लामो समयदेखि समाजसेवा र एनआरएनए अभियानमा क्रियाशिल गाहा मगरको तमघास र काठमाडौंमा बाल्यकाल वितेको थियो । गाहामगर विस २०४९ सालमा वक्सिङ खेलाडीको रुपमा राष्ट्रिय टिममा सहभागी भएर विभिन्न देशहरुमा नेपाल देशको प्रतिनिधित्व गरेका थिए ।

सन् १९९६ सालमा बेलायती सेनामा भर्ती भएका गाहा मगर १३ बर्षसम्म सैनिक सेवामा कार्यरत मगर बेलायती सेनामा हुदाँ पनि बक्सिङ खेलाडी रुपमा बेलायतबाट प्रतिनिधित्व गरेका गाहा मगर विश्वका धेरै देशहरुको भ्रमण गरेका छन ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...