News Portal

नेपालमा अब मेशिनबाटै बैङ्क खातामा रकम जम्मा गर्न सकिने

हिमालीसंचार संवाददाता
५०० पटक

काठमाडौँ।
प्रभु बैङ्क लिमिटेडले मेशिनबाटै खातामा रकम जम्मा गर्न सकिने सेवा सञ्चालनमा ल्याएको छ। ग्राहकको सुविधालाई मध्यनजर गर्दै नगद जम्मा गर्नको लागि बैङ्कको नगद काउण्टरमै शशरीर भौतिक रूपमा उपस्थित हुनुपर्ने बाध्यतालाई अन्त्य गर्दै अब मेशिन क्यास रिसाइकल मेसिन (सीआरएम)बाट आफूले चाहेको बैङ्क खातामा रकम जम्मा गर्न सकिने सुविधा शुक्रवारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

प्रभुले सूचना प्रविधिको उच्चतम उपयोग गर्दै आफ्नो ग्राहकहरूलाई अत्याधुनिक प्रविधि एवं प्रणालीबाट नविनतम् बैंकिङ सेवा उपलब्ध गराउँदै आएको दाबीसहित सीआरएमबाट बैङ्क खातामा रकम जम्मा गर्न सकिने सेवा ल्याएको जनाएको छ। यो सेवा हालको लागि बैङ्कको बबरमहलस्थित प्रधान कार्यालयबाट प्रवाह भएको छ। यो सेवालाई क्रमशः देशका अन्य स्थानमा विस्तार गर्दै लैजानै बैङ्कको योजना रहेको छ प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

प्रभु बैङ्कले भनेको छ, ‘मेशिनबाट बैङ्क खाता रकम जम्मा गर्दा ग्राहकले नगद जम्मा गर्ने मेशिनमा गई आफूले रकम जम्मा गर्न चाहेको बैङ्क खाता नं. टाइप गर्न साथै उक्त मेशिनमा रकम जम्मा–राख्ने बक्स खुल्छ। उक्त बक्समा जम्मा गर्न चाहेको रकम राखे पछि तत्कालै उल्लेखित खातामा रकम जम्मा हुन्छ र सो को रिसिप्ट–भौचर प्रिन्ट हुन्छ।’

अगाडि बैङ्कले जानकारी दिएको छ, ‘उक्त मेशिनबाट डेबिट–क्रेडिट कार्डको माध्यमबाट समेत आफूले चाहेको खातामा रकम जम्मा गर्न सकिने सुविधा समेत रहेको छ। प्रभु बैङ्क लि. बाट सञ्चालनमा ल्र्याईएको मेशिनबाट रकम जम्मा गर्ने सुविधा हालको लागि प्रभु बैङ्कमा खाता हुने ग्राहकहरूको लागि मात्र उपलब्ध हुनेछ। नेप्स (नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम)सँग आवश्यक सहकार्य गरी प्रभु बैङ्क बाहेक अन्य बैङ्कमा रहेको खातामा समेत जम्मा गर्न मिल्ने व्यवस्था मिलाइनेछ।’

प्रभु बैङ्कले भनेको छ, ‘मेशिनबाट बैङ्क खातामा रकम जम्मा गर्न मिल्ने सुविधा उपभोग गरी रकम जम्मा गर्नको लागि बैङ्कको नगद काउण्टरमै जानु पर्ने बाध्यता हट्नेछ। यसबाट ग्राहकहरूको समयको बचत हुनेछ, बैङ्कको नगद काउन्टरमा उपस्थित भई अनावश्यक भिडभाडबाट उन्मुक्ति मिल्ने हुँदा प्रभु बैङ्कका सम्पूर्ण ग्राहकहरूले यो नबिनतम् सेवा उपभोग गर्नुभई लाभ लिनुहुनेछ भन्ने बैङ्कले विश्वास लिएको छ।’

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...