News Portal

कर्णाली प्रदेश सरकारले भेरीगंगा नगरपालिकाका बाढी पीडितलाई राहात दिने

हिमाली संचार संवाददाता
७३९ पटक

सिपि कार्की
छिन्चु – भेरीगंगा नगरपालिकाका केहि भागमा  २०७१ श्रावण महिनामा  बाढी पहिरो गएको थियो । सो बेलामा गएको बाढी पहिरोले धेरैको घरबार बिहिन बनाएको थियो सो बेलामा आफ्नो घर जग्गा गुमाएकालाइ प्रदेश सरकारबाट राहात दिने भएको छ ।

सो समयमा घरबार बिहिन भएका अन्यत्र कुनै पनि ठाउमा आफ्नो नाममा घर जग्गा नहुनेले मात्र राहात पाउने कर्णाली प्रदेशका बाढी पिडित समितिका सदस्य यज्ञ प्रशाद ढकालले जानकारी दिनु भएको छ । पूर्ण रुपमा घर जगगा बिहिनको सत्यतथ्य संख्या संकलन गर्ने क्रममा आज साबिक लेखपराजुल हाल भेरीगंगा नगरपालिका अन्तर्गत वडा न २ मा सो कार्य गरिएको छ ।

सो कार्यमा वडा न २ का वडाध्यक्ष नन्द बहादुर बुढा सोहि वडाका सचिब पिताम्बर पौडेल,आन्तरिक मामिलाका ना.सु. कृष्ण प्रसाद र कर्णाली प्रदेशका बाढि पिडित समितिका सदस्य यज्ञ प्रशाद ढकालको सहभागिता रहेको थियो ।

हाल भेरीगंगा नगरपालिका वडा न २ का सम्पूर्ण बाढी पिडित भेरीगंगा नगरपालिका वडा १२ ठकुरी टोलमा रहेको बन्दै गरेको नगर स्वास्थ्य चौकीमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...

देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी नहुने

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनको बन्दसत्रमा सहभागी हुने भन्ने सूचनामा कुनै...