News Portal

सुजन अधिकारी एनआरएनए अष्ट्रेलियाको एनसीसी सदस्यमा निर्वाचित

हिमालीसंचार संवाददाता
४०५ पटक

अष्ट्रेलिया। धादिङ गंगाजमुना गाउँपालिका फुलखर्क घर भई अस्ट्रेलियामा बस्दै आउनु भएका सुजन अधिकारीले गैर आवासिय नेपाली संघ साउथ अष्ट्रेलियाको एनसीसी पदमा विजयी भएका छन्। शनिबार जुलाई ३१ सम्पन्न एनआरएनए अष्ट्रेलिया निर्वाचनमा सुजन अधिकारीले ९१६ मत प्राप्त गरि विजयी भएका हुन्।

निर्वाचित भएसँगै धादिङका सुजन अधिकारीले अष्ट्रेलियामा नेपाली भाषा पढ्दै आएका विद्यार्थीका लागि एउटै पाठ्यक्रम लागु गराउने। हरेक राज्यमा कोभिड १९ पश्चात देखिएको मेन्टल हेल्थबारे जनचेतना फैलाउने कार्यक्रम गर्नेछु। युवाहरुमा ग्यम्ब्लिंग र पोकिज जस्ता कुराको लत देखिन सक्ने हुदा त्यस सम्बन्धि जनचेतना जगाउने, पछिल्लो समय निर्वाचन प्रणाली खर्चिलो हुँदै गएको छ। नेपालमा लगानी र नेपालमा सहयोग कार्यक्रमलाई जोड दिने बताए। चुनाव अघि नै भनेँ यो बुँदाहरू प्रस्तुत गर्नुभएको थियो।

१) अस्ट्रेलियामा विभिन्न राज्यहरुमा हाम्रा बालबालिकाहरुले नेपाली भाषा पढ्दै आएका छन्। त्यसमा एकरुपता बनाउन एउटै पाठ्यक्रम निमार्णका लागि भूमिका खेल्ने छु।

२) हरेक राज्यमा कोभिड १९ पश्चात देखिएको मेन्टल हेल्थबारे जनचेतना फैलाउने कार्यक्रम गर्नेछु।

३) युवाहरुमा ग्यम्ब्लिंग र पोकिज जस्ता कुराको लत देखिन सक्ने हुँदा त्यस सम्बन्धि जनचेतना जगाउने कार्यक्रम गर्ने छु।

४) पछिल्लो समय निर्वाचन प्रणाली खर्चिलो हुँदै भएको छ, त्यसलाई मध्यनजर गर्दै एनआरएनए अभियानमा जोडिन चाहने सबैलाई पहुच गराउने छु।

५) हामी प्रबिधियुक्त देशमा बसेका छौ त्यसैले हरेक सदस्यले घर मै बसेर अनलाईन भोटिंग गर्न पाउने ब्यबस्था एसै बर्ष देखी सुरुवात भयको छ यसलाई अझै प्रविधि मैत्री बनाउन विशेष दिनेछु।

६) राष्ट्रिय सम्मलेन प्रत्यक २ वर्षमा भिन्न भिन्न राज्यमा गर्न पहल गर्ने छु।

७) नेपालमा सुरक्षित व्यवसायीक लगानी र सामाजिक सेवाका काममा विशेष भुमिका खेल्ने छु।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...