News Portal

सुजन अधिकारी एनआरएनए अष्ट्रेलियाको एनसीसी सदस्यमा निर्वाचित

हिमालीसंचार संवाददाता
३७१ पटक

अष्ट्रेलिया। धादिङ गंगाजमुना गाउँपालिका फुलखर्क घर भई अस्ट्रेलियामा बस्दै आउनु भएका सुजन अधिकारीले गैर आवासिय नेपाली संघ साउथ अष्ट्रेलियाको एनसीसी पदमा विजयी भएका छन्। शनिबार जुलाई ३१ सम्पन्न एनआरएनए अष्ट्रेलिया निर्वाचनमा सुजन अधिकारीले ९१६ मत प्राप्त गरि विजयी भएका हुन्।

निर्वाचित भएसँगै धादिङका सुजन अधिकारीले अष्ट्रेलियामा नेपाली भाषा पढ्दै आएका विद्यार्थीका लागि एउटै पाठ्यक्रम लागु गराउने। हरेक राज्यमा कोभिड १९ पश्चात देखिएको मेन्टल हेल्थबारे जनचेतना फैलाउने कार्यक्रम गर्नेछु। युवाहरुमा ग्यम्ब्लिंग र पोकिज जस्ता कुराको लत देखिन सक्ने हुदा त्यस सम्बन्धि जनचेतना जगाउने, पछिल्लो समय निर्वाचन प्रणाली खर्चिलो हुँदै गएको छ। नेपालमा लगानी र नेपालमा सहयोग कार्यक्रमलाई जोड दिने बताए। चुनाव अघि नै भनेँ यो बुँदाहरू प्रस्तुत गर्नुभएको थियो।

१) अस्ट्रेलियामा विभिन्न राज्यहरुमा हाम्रा बालबालिकाहरुले नेपाली भाषा पढ्दै आएका छन्। त्यसमा एकरुपता बनाउन एउटै पाठ्यक्रम निमार्णका लागि भूमिका खेल्ने छु।

२) हरेक राज्यमा कोभिड १९ पश्चात देखिएको मेन्टल हेल्थबारे जनचेतना फैलाउने कार्यक्रम गर्नेछु।

३) युवाहरुमा ग्यम्ब्लिंग र पोकिज जस्ता कुराको लत देखिन सक्ने हुँदा त्यस सम्बन्धि जनचेतना जगाउने कार्यक्रम गर्ने छु।

४) पछिल्लो समय निर्वाचन प्रणाली खर्चिलो हुँदै भएको छ, त्यसलाई मध्यनजर गर्दै एनआरएनए अभियानमा जोडिन चाहने सबैलाई पहुच गराउने छु।

५) हामी प्रबिधियुक्त देशमा बसेका छौ त्यसैले हरेक सदस्यले घर मै बसेर अनलाईन भोटिंग गर्न पाउने ब्यबस्था एसै बर्ष देखी सुरुवात भयको छ यसलाई अझै प्रविधि मैत्री बनाउन विशेष दिनेछु।

६) राष्ट्रिय सम्मलेन प्रत्यक २ वर्षमा भिन्न भिन्न राज्यमा गर्न पहल गर्ने छु।

७) नेपालमा सुरक्षित व्यवसायीक लगानी र सामाजिक सेवाका काममा विशेष भुमिका खेल्ने छु।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...