News Portal

मकाउबाट क्यानसर पिडित गुरुङलाई आर्थिक सहयोग

हिमालीसंचार संवाददाता
१२५६ पटक

मकाउ – लम्जुङ जिल्ला मध्यनेपाल नगरपालिका वडा नं.-७, स्थायी बसोबास गर्ने क्यानसर पिडित पूर्ण बहादुर गुरुङलाई मकाउमा कार्यरत नेपाली युवाहरुको पहलमा आर्थिक सहयोग गरिएको छ।

क्यानसर पिडित गुरुङको आर्थिक अबस्था नाजुक रहेका कारण धाटी (गर्धन) मा निस्केर सुनिएको जस्तो देखिने सिथिल भएको धाउको पोको उपचार गर्न नसक्दा क्यानसर पिडित गुरुङको स्वास्थ्या अबस्था जटिल बन्दै गईरहेको हुदा आफ्नो गाउका युवाहरुले आर्थिक सहयोग संकलन गरी गुरुङलाई सहयोग पठाएका हुन्।

विगत धेरै लामो समयदेखि मकाउमा कार्यरत विकाश गुरुङ, हर्कजंग गुरुङ, बचन गुरुङ, सुबास गुरुङ, प्रथम गुरुङ र सुदिप कॅुवर लगादका युवाहरुको नेतृत्वमा आर्थिक सहयोग संकलन गरि क्यानसर पिडित गुरुङलाई आर्थिक सहयोग प्रदान गरिएको हिमालीसंचार डटकमसंगको कुराकानीमा मकाउमा कार्यरत अमरजंग गुरुङ (साईला)ले जानकारी दिएका हुन्। 

मकाउमा कार्यरत युवाहरुले पठाएको सहयोग रकम पूर्ण बहादुर गुरुङ बचाउ समितिको संयोजक, तरुण दलका विदेश क्षेत्र समन्वय समितिका सदस्य धन तामाङ, वडा नं.७ का वडाध्यक्ष गगन कुमार धिमिरे, मध्यनेपाल नगरपालिका तरुण दलका अध्यक्ष कमप्रसाद गुरुङ लगायद मनुभावहरुको उपस्थितिमा रु १ लाख ६७ हजार २ सय ५० नगद क्यानसर पिडित गुरुङलाई सहयोग हस्तान्त्रण गरिएको हो।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...