News Portal

  • मकाउबाट क्यानसर पिडित गुरुङलाई आर्थिक सहयोग

    हिमालीसंचार संवाददाता
    ११९५ पटक

    मकाउ – लम्जुङ जिल्ला मध्यनेपाल नगरपालिका वडा नं.-७, स्थायी बसोबास गर्ने क्यानसर पिडित पूर्ण बहादुर गुरुङलाई मकाउमा कार्यरत नेपाली युवाहरुको पहलमा आर्थिक सहयोग गरिएको छ।

    क्यानसर पिडित गुरुङको आर्थिक अबस्था नाजुक रहेका कारण धाटी (गर्धन) मा निस्केर सुनिएको जस्तो देखिने सिथिल भएको धाउको पोको उपचार गर्न नसक्दा क्यानसर पिडित गुरुङको स्वास्थ्या अबस्था जटिल बन्दै गईरहेको हुदा आफ्नो गाउका युवाहरुले आर्थिक सहयोग संकलन गरी गुरुङलाई सहयोग पठाएका हुन्।

    विगत धेरै लामो समयदेखि मकाउमा कार्यरत विकाश गुरुङ, हर्कजंग गुरुङ, बचन गुरुङ, सुबास गुरुङ, प्रथम गुरुङ र सुदिप कॅुवर लगादका युवाहरुको नेतृत्वमा आर्थिक सहयोग संकलन गरि क्यानसर पिडित गुरुङलाई आर्थिक सहयोग प्रदान गरिएको हिमालीसंचार डटकमसंगको कुराकानीमा मकाउमा कार्यरत अमरजंग गुरुङ (साईला)ले जानकारी दिएका हुन्। 

    मकाउमा कार्यरत युवाहरुले पठाएको सहयोग रकम पूर्ण बहादुर गुरुङ बचाउ समितिको संयोजक, तरुण दलका विदेश क्षेत्र समन्वय समितिका सदस्य धन तामाङ, वडा नं.७ का वडाध्यक्ष गगन कुमार धिमिरे, मध्यनेपाल नगरपालिका तरुण दलका अध्यक्ष कमप्रसाद गुरुङ लगायद मनुभावहरुको उपस्थितिमा रु १ लाख ६७ हजार २ सय ५० नगद क्यानसर पिडित गुरुङलाई सहयोग हस्तान्त्रण गरिएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३ गतेको राशिफल

    आज भदौ ३, २०८२ (अगस्त १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा...

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...