News Portal

  • भुटानले पठाएको ३ लाख डोज खोप आज काठमाडौं आइपुग्यो

    हिमालीसंचार संवाददाता
    ५६६ पटक

    काठमाडौं – भुटानले पठाएको कोभिड १९ विरुद्धको एस्ट्राजेनेकाको तीन लाख डोज खोप काठमाडौँ आइपुगेको छ ।

    खोप बोकेर थिम्पुस्थित पारो विमानस्थलबाट उडेको ड्रुक एयरको कार्गो विमान शुक्रबार विहान ९:४० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको हो। स्वास्थ्य सेवा विभागले शनिबार भुटानबाट खोप आउने जनाएता पनि एक दिनअघि नै भुटानले खोप पठाएको हो ।

    भुटानबाट एस्ट्राजेनेका खोप आउने भएकोले यो खोप कोभिशिल्डको पहिलो मात्रा लगाई दोस्रो मात्रा लगाउन नपाएका नागरिकलाई प्राथमिकताका साथ दिइने विभागले जनाएको छ ।

    खोप नपाएका कारण अहिलेसम्म साढे ९ लाख बढी जेष्ठ नागरिकसहित १३ लाख ३८ हजार बढीले दोस्रो मात्रा लगाउन पाएका छैनन् । आगामी दुई साताभित्र जापानबाट १६ लाख डोज एस्ट्राजेनेका खोप आएपछि दोस्रो डोज लगाउन बाँकी जेष्ठ नागरिकलाई दिइने विभागले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    जेनजी आन्दोलनमा मारिएका प्रवीन कुलुङको शव संखुवासभा ल्याइयो

    संखुवासभा, असोज १ – काठमाडौँमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका...

    रास्वपा बैठकमा हरि ढकालको आत्मालोचना

    काठमाडौं, असोज १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले सहकर्मी नेतृ...

    आज २०८२ साल असोज १ गतेको राशिफल

    आज असोज १, २०८२ (सेप्टेम्बर १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दशैंको टीकाको उत्तम साइत असोज १६ गते बिहान ११:५३ मा

    काठमाडौं, भदौ ३१ – यस वर्षको बडादशैंमा टीका लगाउने शुभ साइत असोज १६ गते बिहान...

    बालेनलाई हर्कको प्रहार : “देश रोएको बेला ऊ हाँस्दै छ”

    काठमाडौं, भदौ ३१ – धरान उपमहानगर प्रमुख हर्क साम्पाङले काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन)...