News Portal

तस्वीरमा देखिएका यी युवा को हुन् ? उनी के कारण भाइरल भए?

हिमालीसंचार संवाददाता
६९९ पटक

काठमाण्डौ – सिन्धुली कमलामाई नगरपालिका धर भएका वीरबहादुर श्रेष्ठ (सुमन) नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संधका सदस्य हुन्। उनले बोकेका प्लेकार्ड र लगाएको सुनको सिक्रीका कारण सामाजिक संजालमा भाईरल भईरहेका छन्। 

नेपाल सरकारले देवि ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको विरोधमा नेकपा एमालेसम्वद्ध राष्ट्रिय युवा संघले बिहीबार प्रदर्शन गरेका थिए । मनोहरा सुकुम्बासी बस्तीबाट मुल सडकसम्म निकालिएको जुलसमा सुकुम्बासीभन्दा युवा संघका नेता कार्यकर्ता धेरै थिए ।

उनले आफू सुकुम्बासी नभई युवा संघमा अवद्ध रहेका कारण पीडितहरूको पक्षमा भूमिसमस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयको विरोध वा समर्थन गर्नु आफ्नो अधिकार भएको बताउदै थप भन्छन् “म २/४ तोला सुन लगाउँछु, यो मेरो शोख हो । सुन लगाएँ भन्दैमा मैले सुकुम्बासीको पक्षमा बोल्न पाउँदिनँ ?” प्रति प्रश्न गरेका छन्।

निधारमा कालो पट्टी बाँधेका उनले ‘जमिन त खोसिस् सरकार, नागरिकता पनि खोस् !’ नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।

उनले बोकेका प्लेकार्ड र उनले लगाएका सुनको सिक्रीका कारण ट्रोल भएका हुन्। उनले घाँटीमा सुनको निकै मोटो सिक्री लगाएका छन् । सुकुम्बासीको जुलसमा सहभागी श्रेष्ठको घाँटीमा सुनको ठूलै सिक्री देखिएपछि पछिल्लो समय यो तस्वीर सामाजिक संजालमा निकै ट्रोल भईरहेको छ ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...