News Portal

खगेन्द्र गिरि ‘कोपिला’का पाँच मुक्तकहरु

हिमाली संचार संवाददाता
८६९ पटक

         मुक्तक – १
जीवनको अनुभव र शिक्षा अझैं बाँकी नै छ
पुर्‍याउन रहर र इच्छा अझैं बाँकी नै छ
किन लर्बरिन्छौ ए मेरा प्रिय कदमहरु !
समयको अग्निपरीक्षा अझैं बाँकी नै छ

         मुक्तक – २
खोतलेर सारा अन्तस्करण लेखौं जस्तो लाग्यो
गरेर हृदय अधिग्रहण लेखौं जस्तो लाग्यो
दुक्ख र पिर जति सबै उद्यापन गरेर आजै
खुसीको कुनै नौलो व्याकरण लेखौं जस्तो लाग्यो

          मुक्तक – ३
मनै मेरो अवस्था हो मनै मेरो पहिचान हो
मनै मेरो अनुभव हो मनै मेरो अनुमान हो
यी प्राप्ति र अभावहरु जे हुन् सारा मन हुन्
मनै मेरो समस्या हो मनै मेरो समाधान हो

          मुक्तक – ४
प्रकृतिको यो प्रातिभ सुरम्य छटा आˆनै हो
आफूसित आफै हराउने नशा आˆनै हो
यी स्मृति विस्मृति समयका सौगात हुन् तर
मनको कलशमा लेखिएको कथा आˆनै हो

          मुक्तक – ५
खुसीको प्रतिबिम्ब र आकार होस् त फूलजस्तो
प्रेमको आभुषण र अलङ्कार होस् त फूलजस्तो
यदि जीवन भन्नु आशाको फुलबारी हो भने
मानिसको प्राञ्जल सपना साकार होस् त फूलजस्तो।।

— खगेन्द्र गिरि ‘कोपिला’
आदर्शमार्ग, वाटरपार्क (नेपालगंज)

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...