News Portal

कुवेतबाट कार्गो गरि पठाएको सामान ७ महिना हुँदासमेत पुगेन नेपाल

हिमालीसंचार संवाददाता
१५१७ पटक

हरि बानियाँ, कुवेत।
के.डब्लु.काठमाडौं एयर कार्गो सर्भिस कुवेतबाट नेपाल पठाएको सामान ७/८ महिना हुँदासमेत सामान पुगेको छैन भन्दा अचम्म लाग्न सक्छ तर, यो यहि वास्तविक हाे। फेब्रुअरीमा पठाएको सामान आजको मितिसम्म प्राप्त नभएपछि धेरै पिडितले समाजिक सञ्जालमा आफूले पठाएको सामनकाे बिलसहित गुनासो पोस्ट गरेको हामीले भेटेका छौं।

दुई पटक कार्गो पीडित र हामी स्वयं बसन्त पुन मगरलाई स्थलगत भेटेका थियौं। भेटघाटकै क्रममा उहाँले १० दिन १५ दिनभित्र म जति पनि सामान छ सबै पठाउँछु भनेर बारम्बार भनुभयाे तर त्यो वास्तविक रुपमा भएन।

यसैबीचमा हामीले बसन्त पुन मगरलाई एक प्रश्न गरेका थियाै, तपाईंले कुवेतमा फेरि पनि कार्गो उठाउँदै हाे ? भनेर भन्दा उहाँले हाे भनेर भन्नुभयो। त्यसपछि उहाँको जवाफ थियो म १ महिनाभित्र सामान पठाइदिन्छु नेपाल भनेर भन्नुभयो।

वास्तविक रुपमा कुवेतदेखि नेपालसम्म पठाउन ३० देखि ४० दिनसम्म लाग्छ तर यहाँ ७/८ महिना हुँदा समेत कार्गो पठाएको सामान नपाउँदा कुवेतबाट नेपाल कार्गो सामान पठाएको व्यक्ति पीडित भएका छन्।

यसबारेमा हामीले नेपालस्थित एक जना कार्गो एजेन्सीलाई टेलिफोन सम्पर्क गरि सोधेका थियौं। उहाँले नाम नबताउने सर्तमा भन्नुभयो बसन्तजीले मलाई काम गरेकाे पैसा समयमा नै नदिएकाे हुनाले ढिला भएकाे र अबदेखि उहाँसंग काम नगर्ने कुरा हिमालीसंचारको टेलिफोन सम्पर्कमा बताउनुभयो। १ सय ५० जना भन्दा माथिको सामान अझै पनि कुवेत रहेकाे जानकारी छ।

अब यस समस्याको समाधान भनेको कार्गो पठाएको सामान सम्बन्धित व्यक्तिलाई सामान र शुल्क दुबै फिर्ता गर्नु  नै उपयुक्त हुन्छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...