News Portal

ऋण प्रवाहमा रहेको असमानता हटाउन पहल गरिने : अर्थमन्त्री

हिमालीसंचार संवाददाता
३७३ पटक

काठमाण्डौ – अर्थमन्त्री जनार्दन शर्माले ऋण प्रवाहमा रहेको असमानता हटाउन पहल गरिने बताएका छन्। राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिकोत्सवको अवसरमा मंगलबार ललितपुरमा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै ऋण प्रवाहमा रहेको असमान्ता हटाउने बताएका हुन्।

अर्थमन्त्री शर्माका अनुसार ‘गाडी किन्ने कर्जामा थोरै ब्याज लाग्ने तर गरिबले लिने कर्जामा धेरै ब्याज लगाउने कार्य सच्याउनुपर्नेछ।’  उनले भनेका थिअ। उनले कर्जा प्रवाहमा व्याजदर घटाएर सहज बनाउन सहकारी बैंक, सहकारी संस्था तथा लघु वित्त संस्थाहरुलाई आग्रह गरे।

अर्थमन्त्री शर्माले उत्पादनमुखी अर्थतन्त्रको विकास गर्न सहकारी बैंकको साथै लघुवित्त क्षेत्रले जोड दिनुपर्ने बताए। ‘उत्पादनमुखी अर्थतन्त्रमा टेवा पुर्‍याउन लघुवित्तले उत्पादन क्षेत्रलाई जोड दिनुपर्छ’, उनले भने ‘त्यसका लागि सरकारले नीतिमा परिवर्तन गरी सहजीकरण गर्छ।’

उत्पादनमा जोड दिँदा त्यसले रोजगारी सिर्जना गर्ने भन्दै अर्थमन्त्री शर्माले सहकारी संस्थाहरूले नाफामा प्रतिस्पर्धा नगरी रोजगारी सिर्जना, गरिबी अन्त्य गर्ने तथा उत्पादन वृद्धिमा प्रतिस्पर्धा गर्नुपर्ने बताए थिए। 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...