News Portal

  • धरानको वीपीमा जारी आन्दोलनको समर्थन गर्दै पाँच विद्यार्थी संगठनद्वारा प्रधानमन्त्रीलाई बुझाए ज्ञापन पत्र

    हिमालीसंचार संवाददाता
    २१४ पटक

    धरान  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जारी आन्दोलन प्रति सत्तारुढ दल सम्बद्ध पाँच विद्यार्थी संगठनले उक्त वेथिति विरुद्धको आन्दोलनको समर्थन जनाउँदै प्रधानमन्त्री सेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।

    सत्तारुढ दल सम्बद्ध विद्यार्थी संगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाउँदै धरानको प्रतिष्ठानमा भईरहेको बेथिति र भ्रष्टाचार बढेकाले पदाधिकारीलाई पदमुक्त गर्न माग समेत गरेका छन् । प्रतिष्ठानको सुद्धिकरणको माग गर्दै चिकित्सक, कर्मचारी, विद्यार्थी र नर्सले गत असार १ गतेदेखि आन्दोलन जारी राखेका छन् ।

    विद्यार्थी संगठनका नेताहरूले पदाधिकारीको गतिविधि, भ्रष्टाचार अनि बेथितिले पठनपाठनसँगै स्वास्थ्य उपचार प्रभावित भएको भन्दै तत्काल ठोस कदम चाल्न पनि उनीहरूले प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

    प्रधानमन्त्री भेट्न पुगेका सत्तारुढ गठबन्धन निकट नेपाल विद्यार्थी संधका अध्यक्ष राजीव ढुङ्गाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ र अखिल छैठौंका अध्यक्ष विमल पोख्रेलले त्यस्तो माग राखेका हुन् ।

    प्रधानमन्त्रीले आफू प्रतिष्ठानको विषयमा गम्भीर भएको बताएका थिए । देउवाले प्रधानमन्त्री कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकमा आएको ९ जनाको टोलीले बुझाएको प्रतिवेदनबारे थप छलफल हुने समेत बताएको संगठनको टोलीले जनाएको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पूर्वराजा ज्ञानेन्द्र शाहको ७९ औं जन्मदिनमा निर्मल निवासमा शुभेच्छुकहरूको भिड

    काठमाडौं, असार २३ — पूर्वराजा ज्ञानेन्द्र शाहले आज आफ्नो ७९ औं जन्मदिन पारिवारिक वातावरणमा शुभेच्छुकहरूको...

    भोजपुर सामूहिक हत्या प्रकरणका शव फरेन्सिक परीक्षणका लागि धरान पठाइयो, पीडित परिवारलाई आर्थिक सहयोग

    भोजपुर, असार २३ – भोजपुरको रामप्रसाद राई–२ धोद्लेखानीमा भएको दर्दनाक सामूहिक हत्या घटनामा मारिएका चार...

    आज २०८२ साल असार २३ गतेको राशिफल

    आज असार २३, २०८२ (जुलाई ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धैर्यता भित्र लुकेका प्रश्नहरु – कमला थापा

    २०८२ असार २२ गते। नेपाली कांग्रेसमा कोइरालाहरु अरु नेतृत्व भन्दा निकै सरल, शालिन कार्यकर्ताका विचमा...

    १ राउन्ड हवाई फायर गर्दै ब्राउन सुगरसहित ३ जना पक्राउ

    मोरङ, असार २२ – रंगेली–८ बसपार्क नजिकै डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्दै आएका रंगेली–८ का...