News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • एमसीसीको विरुद्धमा सडक प्रदर्शन, सडकमा लेखियो “नो एमसीसी!”

    हिमालीसंचार संवाददाता
    २४० पटक

    सुनसरी – मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’को विरोध गर्दै राजतन्त्रवादी युवाहरूले आज सडक प्रदर्शन गरेका छन् । ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन’ भन्ने नाराका साथमा  शनिवार प्रदर्शन भएको हो ।

    पूर्वको इटहरीबाट विराटनगर पुगेको विरोध र्‍यालीले विराटनगर बजार परिक्रमा गरेको थियो । शिव सेनाका मोरङ अध्यक्ष सतिस पोखरेलका अनुसार उक्त विरोध र्‍यालीमा १ हजार युवाहरू सामेल भएका थिए । एमसीसी मार्फत नेपालमा अमेरिकी हस्तक्षेप बढ्ने भन्दै युवाहरुले विरोध जनाइएको उनले बताए ।

    यस अघि इटहरीमा राँके जुलुस निकालेको शिव सेनाले राजमार्ग लगायत भित्री सडकमा पनि नो एमसीसी भन्दै विरोध जनाउँदै आएको छ । यस बिचमा ‘नेपाल बचाउ अभियान’ नामको संस्थाले पत्रकार सम्मेलन नै गरेर विरोध जनाएको थियो । संस्थाका संयोजक राधेश्याम पौडेलले राष्ट्रघाती सम्झौता कुनै पनि हालतमा कार्यान्वयन नहुने तर्क गरेका छन् ।

    शिव सेनाले राजतन्त्र पुनर्स्थापित गर्नुपर्ने, हिन्दु राज्य कायम हुनुपर्ने लगायत माग अगाडी सारेको छ । पछिल्लो राजनैतिक घटनाक्रमले नेपाली जनता आक्रान्त भएको भन्दै राजतन्त्र प्रति जनमत बढ्न थालेको उनीहरूको बुझाई छ । यो व्यवस्था नै परिवर्तन गर्नुपर्ने नभए झन् ठुलो सङ्कट आउने पोखरेल बताउँछन् । पश्चिमाहरूले नेपालीको धर्म र संस्कृति माथि धावा बोलेको उनको आरोप छ ।

    एमसीसी मार्फत अमेरिकाले ५० करोड डलर बराबरको सहयोग नेपाल सरकारलाई सहयोग गर्ने बताएको छ। ट्रान्समिसन लाइन निमार्णको लागि भन्दै नेपाल सरकारले यसको लागि सहमति जनाए पनि एमसीसी सम्झौतामा सांसदबाटै पास हुनुपर्ने प्रावधान भएकोले यो विषय विचाराधीन अवस्थामा रहेको छ । यसको विषयमा चर्को विरोध भइरहेकाले सरकारलाई सोच्न बाध्य परेको छ। 

    पछिल्लो समय एमसीसी सम्झौताले नेपालमा अमेरिकी सेना आउने भन्ने बुझाई व्याप्त भएको कारण यसले मुर्त रूप लिन पाएको छैन । उता सरकार भने एमसीसी राष्ट्रवादी मुद्दा बन्दै गएपछि अहिले नै संसद्मा पेस गर्ने पक्षमा देखिँदैन । 

    प्रतिकृया दिनुहोस्

    लागुऔषधसहित पोखराका युवक स्याङ्जाबाट पक्राउ

    स्याङ्जा, जेठ ९ – स्याङ्जाबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। प्रहरीको विशेष निगरानीमा परेको...

    रवि लामिछानेको रिटमाथि आज अन्तिम फैसला आउन सक्ने, बहस निष्कर्षमा पुग्दै

    काठमाडौं, जेठ ९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछाने र पूर्वडीआईजी छविलाल...

    प्रहरी नै सुरक्षित छैन भने, जनता कसरी सुरक्षित हुने? चर्किएको भवनमा बस्न बाध्य नेपाल प्रहरी

    मोरङ, जेठ ९ – ईलाका प्रहरी कार्यालय रंगेलीअन्तर्गत रहेको दौँमनाका प्रहरी भवन विगत लामो समयदेखि...

    आजको राशिफल

    आज जेठ ९, २०८२ (मे २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    परराष्ट्रले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनएलाई मान्यता, विश्वभरका दूतावासलाई गर्‍यो पत्राचार (पत्रसहित)

    काठमाडौँ। परराष्ट्र मन्त्रालयले महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)सँग सहकार्य गर्न विश्वभरका कूटनीतिक नियोगहरूलाई...