News Portal

मोरङसुनसरी सेवा समाज कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ संकलित ३ लाख १६ हजार पठायो

हिमालीसंचार संवाददाता
६३८ पटक

कुवेत– मोरङ सुनसरी सेवासमाज कुवेतले विश्व महामारी कोरोना भाइरसले नेपालमान्पारेको प्रत्यक्ष असर नियन्त्रणका लागि मोरङ र सुनसरी जिल्लाका लागि अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान अन्तरगत चालिएको अभियानमा संकलित सबै ८१३.५०० फिल्स पठाएको छ। हिजो ३० जुलाइका दिन मोसु कुवेतका अध्यक्ष अरुण लिम्बुको नामबाट केन्द्रिय अध्यक्ष लोक बहादुर तामाङको नाममा पठाएको हो।

८१३.५०० फिल्समा पठाएको शुल्क काटेर कुल ८१२.५०० फिल्सको नेपाली ३ लाख १६ हजार ८८ रुपैयाँ पठाएको अध्यक्ष लिम्बुले राम्रो दृष्टिलाई जानकारी दिएका छन। मोसु केन्द्रले आफ्नो कोषबाट सिलिन्डर किलेर वितरण गरिसकेको छ। सो वितरण भैसकेको सिलिन्डर खरिदमा लागेको अपुग रकम विश्वभरिको मोसुको शाखाहरुद्वारा आर्थिक सहयोग संकलन गरिएको थियो।

सोही अनुरुप मोसु कुवेतले चालेको अभियानमा ८६ जना नेपालको विभिन्न क्षेत्रबाट वैदेशिक रोजगारिको सिलसिलामा कुवेतमा आएर श्रम गरिरहेका नेपालिहरुले सहयोग गरेका छन। अध्यक्ष लिम्बुले प्रवासमा दुख गरिरहँदा पनि आफ्नो देश र घर गाउँको लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताएका छन। साथै यश अभियान मार्फत सहयोग गर्नुहुने सबै सबै सहयोगी महानुभावहरुलाइ धन्यवाद ज्ञापन गरेका छन। सहयोगीदाताहरुको नामवली यसप्रकार छन।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...