News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • ६३ वर्षपछि मूलघर टेक्दैछन् : गृहमन्त्री थापा

    हिमाली संचार संवाददाता
    ६२३ पटक

    गुल्मी – गुल्मी बडागाउँको दजाकोट पुर्खेयौली घर भएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले ६३ बर्षपछि आफ्नो मुल घरमा पाइला टेक्ने भएका छन् । गृहमन्त्री थापा भोली (शनिबार) बिहान साढे सात बजे दजाकोट आउने भएपछि गाउँले र आफन्तले उनको स्वागतका लागि भव्य तयारी थालेका छन् ।

    दजाकोटमा पहिला गृहमन्त्री थापाले कोदाको रोटी, बाँईवडा (टमाटर)  र मरौटीको छोप ( चटनी ) को अर्नी खाजाका रुपमा खानेछन् । त्यसपछि कवेलीको तिउँन् (फर्सीको तरकारी ) सँग आटो (च्याँख्ला )को खाना खानेछन् ।

    गृहमन्त्री थापाको मुल घर तल्ला गाउँ अर्थात् तल्लो दजाकोट हो । उनकी कान्छीयाँ (काकी ) सुमित्रा सोनारीले छोरो आउने भएपछि कोदाको रोटी, बाईवडाको छोप  र  कवेलीको तिउन खुवाएर स्वागत गर्ने तयारी गरेकी छन् ।

    मन्त्री थापा आउने भनेपछि गाउँमा उल्लास छाएको स्थानीयले बताएका छन् ।   मुसिकोट नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा गृहमन्त्रीका छिमेकी हरिप्रसाद छन्त्याल र पूर्व माओवादी नेता खुमबहादुर थापा लगायतका स्थानीय पनि मन्त्री थापाको स्वागतका लागि तयारीमा जुटेका छन् ।

    ‘समय छोटो छ तर, गृहमन्त्रीलाई दाजुभाइका रुपमा हेर्न आउनेहरुको लर्को लाग्ने भएको छ’ तयारीमा लागेका खुमबहादुर थापाले भने । ‘उहाँलाई पहिलोपटक मुल घरमा पाईला टेकाउने हाम्रो धोको पुरा हुने भएकाले हामी हर्षविभोर छौ’ अर्का स्थानियबासी तथा जनप्रतिनिधि हरिप्रसाद छन्त्यालले भने । छन्त्याल भन्छन्– ‘गृहमन्त्री ज्यु पहिलोपटक गाउँ आउँदा हामीलाई खुशीको सीमा छैन ।’

    उनका नातेदार डाँडाथोकका बिष्णु बगालेका अनुसार गृहमन्त्री थापाका पिता कर्णबहादुर भारतीय सेनामा भर्ती भएको केहि बर्षसम्म घर आउने गर्दथे । पछि चितवनमा घर जग्गा किनेपछि उनको र उनका सन्तानको आवतजावत रोकिएका थियो । उनका परिवारका चेलीबेटी र अन्य सदस्य भने चितवनमा जाने आउने गर्दछन् ।

    मुसिकोट नगरपालिकामै पर्ने दजाकोटमा गृहमन्त्री आउने भएपछि खुशीको सिमा नरहेको नगर प्रमुख सोमनाथ सापकोटा बताउँछन् । ‘उहाँको बसाई छोटो छ, समय थोरै भएपनि हामीले धन्य ठानेका छौ । नगरपालिकाभित्र राज्यको उच्च ओहदामा पुग्ने उहाँनै श्रेष्ठ ब्यक्ति रहेकोले पूर्खेयौली घर दजाकोटमा भब्य स्वागत र नागरिक अभिनन्दन पनि गरिदै छ’ प्रमुख सापकोटाले सुनाए ।

    जनयुद्धका बेला दजाकोटको बाटो आवतजावत गरेको बताउने गृहमन्त्री थापा यसअघि सदरमुकाम तम्घास आउँदा सबै आफन्तजनलाई भेटेर गाउँघरे भाषामा कुराकानी र माया साटासाट गरेका थिए ।

    उनको गाउँ पहिला जस्तो छैन । २०७३ बैशाख १८ गते  आगोलागी भएर नष्ट भएको छ । पुराना खरका छानाहरु छैनन् । कुखरा र सुंगुरहरु पनि जथाभावी हिँड्दैनन् । त्यस्तो फोहर गाउँ अहिले सफा छ । पुरै जनजाती बस्ती छ । जाँड रक्सीले हो–हल्ला गर्ने, फोहरले टेकीसाध्य नहुने हिजोको उनको गाउँ अहिले होमस्टेजस्तै सफा, सुन्दर र सभ्य बनेको छ ।

    गृहमन्त्री थापाले शनिबार पुर्खेयौली घर परिवार भेटेर तम्घासमा आयोजना गरिएको बृहत स्वास्थ्य शिविरलाई सम्वोधन गर्नेछन् ।

    श्राद्धको दिन घर आउने संयोग
    संयोग नै मान्नुपर्छ गृहमन्त्री थापाका बुबाको श्राद्ध पनि शनिबार नै हो । चितवनस्थित  माईला भाई चोकबहादुरले दाजु मुल घरमा जाने र बुबाको श्राद्ध गर्ने एकै दिन परेकाले बिशेष महत्वको दिन हुने बताए ।

    चोकबहादुरका अनुसार उनका बाबुको मृत्यु चार बर्षअघि भएको थियो । अनरोरी लेफ्टिनेन्टमा सन् १९७१ मा रिटायर्ड भएका बाबु कर्णबहादुरले भरतपुर नगरपालिका वडा नम्वर २ क्षेत्रपुरमा जमिन किनेर बसोबास सुरु गरेका थिए । २०१२ सालमा जेठा छोरा बादल जन्मेका थिए । जन्मेको ६३ बर्षपछि उनले मुल घरमा पाईला टेक्दैछन् ।

    बादलका माईला भाई चोकबहादुर भारतीय सेनाका अवकास प्राप्त मेजर हुन् । साईला भाई नरेशकुमार थापा पनि भारतीय सेनाका फौजी । कान्छा भाई ईन्द्रबहादुर थापा स्थानीय अवकास प्राप्त शिक्षक हुन् ।

    उनका दिदीहरु हेमकुमारी थापा र विष्णु देवी राना चितवनमै छन् । बहिनी रेनु आले ईञ्जिनियर पढ्न गएका श्रीमानसँगै लण्डनमा छन् । बादलका एक छोरा एक छोरी छन् । उनकी श्रीमती नैनाकला पनि पार्टीकै जिम्मेवार नेतृ हुन् ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ७, २०८२ (अप्रिल २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...