News Portal

इजरायलबाट मोरङको रंगेली अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

हिमालीसंचार संवाददाता
४०८ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित रहेको रंगेली अस्पताललाई बैदेशिक रोजगारको सिलशिलामा इजरायलमा रहेका नेपालीहरुले नेपाली कला, संस्कृति, भाषा, साहित्यको साथै गीत-संगीतको संरक्षण र सम्वर्द्धन गर्ने उदेश्यले  सन् २०१२ सालमा स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार मञ्च इजरायल शाखाले मोरङको रंगेली अस्पताललाई १ लाख ४५ हजार बराबरको अक्सिजन कन्सेन्ट्रेटर सहयोग गरेका छन्। 

गत शुक्रबार अस्पताल परिसरमा नगर प्रमुख दिलिप बगडिया, कार्यकारी अधिकृत टोम सुवेदी, ईश्वरी पराजुली, कैलाश श्रेष्ठ, पुर्सोतम काफ्ले लगायतको उपस्थितिमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो। 

उक्त सामाग्री हस्तान्तरणपछि नगर प्रमुखले भने यसरी बिदेशी भुमिमा रहेर समेत आफ्नो जन्म स्थानको माया गरेर कोरोना माहामारीको समयमा सहयोग गरेकोमा अन्तर्राष्ट्रिय कलाकार मञ्चका अध्यक्ष लगायत सम्पूर्ण सहयोगी मानुभावहरुलाई विशेष धन्यवाद समेत दिएका छन। 

आगामी दिनहरुमा समेत थप सहयोगको अपेक्षा रहेको बगडियाले बताए। उक्त सामाग्री अन्तराष्ट्रीय कलाकार मञ्च इजरायल शाखाका अध्यक्ष अनिल सिह राजपुत तथा निबर्तमान अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार कादम्बरी दाना श्रेष्ठले बताईन। 

मञ्चद्वारा नेपालमा विभिन्न सहयोगहरु गर्दै आइरहेको र बिगतका दिनहरुमा महावीर पुनले स्थापना गरेका आबिष्कार केन्द्र, ध्रुमुश सुन्तली फाउन्डेसन र देशमा भैपरी आउदा जहिले सहयोगका लागि मञ्च तत्पर रहेको हिमालीसंचार डटकमसंग श्रेष्ठले बताए। सांगीतिक बिधालय साथै बिरामी कलाकारहरुलाई समेत सहयोग गर्दे आईरहेको श्रेष्ठले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...