News Portal

एनआरएनए युएईको उपाध्यक्षमा राजेन्द्र रोस्याराको उम्मेद्बारी

हिमालीसंचार संवाददाता
३६३ पटक

युएई– एनआरएए युएईको आसन्न अधिवेशनका कारण युएईको नेपाली सामाजिक जनजीवन चलायमान भएको छ ।
आगामी जुलाई ३० मा हुन लागेको अधिवेशनमा नेतृत्वको लागि उम्मेद्बारी दाबी गर्ने सिलसिलामा उपाध्यक्षको लागि राजेन्द्र रोस्याराले उम्मेद्बारी दिने भएका छन् ।
वैदेशिक रोजगारीको सिलसिलामा १३ वर्ष अगाडि धनगढीको कैलालीबाट आएका रोस्यारा उत्तरी इमिरेट्सको नेपाली समुदायमा सामाजिक अभियन्ताको रूपमा उच्च छवि बनाएका व्याक्तित्व हुन् ।
सामान्य रोजगारी गर्न युएई आएका रोस्यारा राक क्षेत्रमा रेस्टुरेन्टको क्षेत्रमा लगानी गरेर व्यावसायिक अनुभव संगाालेका सहयोगी र कर्तव्यबोध भएका युवा हुन् ।
युएईका आम नेपालीमा उनी नयाँ जस्ता देखिए पनि हरेक सामाजिक, साँस्कृतिक, राजनीति व्याक्तित्वको नजरमा उनी जिम्मेवार र कर्तव्यनिष्ठ युवा समाजसेवी हुन् ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएइको आसन्न २१-२३ कार्यकालको लागि रोस्याराले उपाध्यक्ष पदमा आफ्नो दावेदारीको घोषणा गर्दै आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् ।

सन् २०१३ देखि २०१७ सम्म दुई कार्यकाल एनआरएनए राक क्षेत्रको अध्यक्षको जिम्मेवार सम्मलेर उत्तरी इमिरेट्समा एनआरएनएको साख जोगाउने मध्येका एक दरिला स्तभ हुन् रास्योरा । यति मात्रै नभएर उनी विभिन्न संस्थाहरुमा सल्लाहकारका रूपमा विगतदेखि हालसम्म पनि कार्यरत छन् ।
रोस्यारा आवद्ध संस्थाहरुमा इनास राक, सुदुर पश्चिम सेवा समाज, नेपाली समाज राक, जनप्रगतिशील मञ्च राक, एनआरएनए राक, नेप्लिज एसोसिएसन राक क्षेत्रमा सल्लाहकार भएर आफ्नो सम्लग्नता जनाइसकेका छन् । एनआरएनए राक क्षेत्रको वरिष्ठ सल्लाहकार समेत रहेका रोस्यारा आफ्नो क्षेत्रमा समस्यामा परेका नेपालीहरुका लागि दिनरात केही नभनी काम गर्ने युवा भएकोले उनको जित भनेको समग्र नेपालीहरुको विजय सावित हुने कुरा झापाली समाज युएईका राक क्षेत्र अध्यक्ष केशव कार्कीले प्रतिक्रिया दिएका छन् । पुराना एनआरएनकर्मीको साथ र सहयोग भएका कारण आफ्नो जीत सुनिश्चित भएको रोस्याराको दाबी रहेको छ ।

संस्थामा गलत प्रवृत्ति र मैमत्ताको राजनिती हुन नहुने बरु सिद्धान्त र नीति प्रधान हुन जरुरी छ भन्ने मान्यता राख्ने, अध्ययनशिल, प्रखर वक्ता हुन् रोस्यारा ।

संस्था सुदृढीकरणको साथै, आर्थिक रुपमा सम्पन्नको मात्र संस्थामा हालिमुहाली हुन हुन्न , हर तह र तप्काको ब्याक्तिहरुको प्रतिनिधित्वको नारा लिने रास्योरा युएईमा रहेका नेपालीहरुलाई आवश्यक सबै प्रकारका सहयोग पर्ने गरेका छन।

एनआरएनमा अधिनायकवाद र राजनितिक दम्भको खुलेर बिरोध गर्ने , क्रान्तिकारी स्वभावका राजेन्द्रले आसन्न अधिवेशनमा आफूले संस्थालाइ नीति नियम र बिधानको शुत्रमा बाध्न उपाध्यक्षमा उम्मेदवारी दिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...