News Portal

  • यस्तो समुदाय, जसले १३ सय वर्षदेखि जमिनमा टेकेको छैन

    हिमाली संचार संवाददाता
    ७९५ पटक

    एजेन्सी –विश्वमा मानिसहरु विभिन्न स्थानमा बसोबास गर्दछन् । कोही गाउँमा त कोही शहरमा । कोही पहाडमा त कोही नदी किनारमा ।

    तर के तपाइँले यस्ता मानिसहरुको बारेमा सुन्नुभएको छ, जो पानीमा बस्दछन् ?

    पानीमा त जलचर पो बस्दछ त ? तर, चीनमा भने पूरै गाउँ नै सदियौँदेखि पानीमाथि बस्दै आएको छ । उक्त गाउँको जनसंख्या ७ हजार रहेको छ ।

    समुद्री माझीहरुको उक्त वस्तीमा बस्ने समुदायलाई टांका भनिन्छ । टांका एक चिनियाँ आदिवासी समुदाय हो ।

    इतिहास अनुसार यो समुदायले १३ सय वर्षयता जमिन टेकेको छैन र समुद्रमाथि वस्ती बसाएर घरजम गर्दै आएको छ । सन् ७ सय वर्षयता टांका समुदाय समुद्रमाथि बस्दै आएको हो ।

    दक्षिण पूर्वी चीनको यो समुदाय समुद्रमाथि डुंगेघरको वस्ती बसाएर बसिरहेको छ । फुजियान प्रान्तको दक्षिणपूर्वी क्षेत्रमा पर्ने निंगडे सहरको नजिकैको समुद्रमा यो वस्ती रहेको छ ।

    समुद्रमा बस्ने यो आदिवासी समुदायलाई जिप्सी अफ द सी पनि भनिन्छ ।

    सन् ७०० मा चीनमा तांग राजवंशको शासन हुँदा टांका समुदायका मासिनहरु युद्धबाट बच्नका लागि आ आफ्ना डुंगा लिएर समुद्रतर्फ लागे । त्यसपछि उनीहरु युद्धको डरले आफ्नो मूलथलोमा फर्केनन् र समुद्रमै घरजम गर्नथाले । उनीहरुले समुद्रमै ठूलाठूला डुंगाका घर बनाएर बस्ने गरेका छन् । उनीहरुको जिविकोपार्जनको श्रोत नै माछा मार्नु बनेको छ ।

    चीनमा पछिल्लो समय आधुनिकता भित्रिएको र सरकारको सहयोग मिलेसँगै यो समुदायका केही मानिसहरु समुद्रको बसाई छाडेर किनारामा घर बनाएर बसेका छन् । तर अझै पनि अधिकांश मानिसहरु परम्परागत रुपमै समुद्रको वस्तीमै बसिरहेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...

    पल शाहको ‘हामी छौं फाउन्डेसन’ सञ्चालन, दुर्गममा शिक्षा र स्वास्थ्य सहयोगको घोषणा

    काठमाडौं, मंसिर २१ – अभिनय र मोडलिङमा सक्रिय रहँदै आएका कलाकार पल शाह अब समाजसेवामा...