News Portal

जन्मनु छैन मलाई

हिमाली संचार संवाददाता
९१८ पटक

प्रीति अर्याल

फुलका निर्दाेष अाेठहरुले
क्रान्ति गर्दैछन् ईश्वरसग,
हे ईश्वर
तिम्रो बिर्यमा नाकाबन्दी लगाऊ
तालाबन्दी लगाऊ
जन्मनु छैन मलाई
सुन्दर तिम्रा बगैंचा भरि

संबेदना गुमाएर
निर्भयताले कुल्चिएर
नाङ्गो बनाउदै
जसरी मन लाग्छ
त्यसैगरि
छेतबिछेत् पार्दै
कामुक हत्केलाले
चुडालेर अस्तित्व
दुखाई जाँघ
च्यातेर याैनाङ्ग
मृत्युको कालो छायामा
बगाएर रगतको अाँसु
बिश्मयका साथ
लडिरहेछु
तिम्रो मन्दिरमा
त्यसैले ,
हे ईश्वर जन्मनु छैन मलाई
सुन्दर तिम्रो बगैंचा भरि

फुलका रसमा
लिप्त छन् काकाकुलहरु
अनि,
च्यातेर पत्रपत्र तिमीलाई
चढाउदा,
किन माैन छाै तिमी …….?
राखेर तिम्रो सामु
कुमारीत्वकाे बलिदान
दिदा पनि
निसन्देह हेरिरहेका छाै
निशब्द रङ्गीएका छाै
निर्दाेष फुलका रगतमा

त्यसैले ,
हे ईश्वर
जन्मनु छैन मलाई
सुन्दर तिम्रा बगैचा भरि

हाल : काठमाडौ

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...