News Portal

हङकङमा पौडी खेल्दा एक नेपाली युवतीको डुबेर मृत्यु

हिमालीसंचार संवाददाता
४०२ पटक

हङकङ – हङकङमा हाईकिङ गएकी २३ वर्षीया एक नेपाली युवतीको शनिवार साँझ पौडी खेल्दा मृत्यु भएको छ। उनी हाइकिङ जादा चुन वानस्थितमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको स्थानीय संचार माध्यमले जनाएको छ।

मृत्यु हुनेमा युन’लङमा बस्ने २३ वर्षीया नेपाली युवती बिनिता गुरुङ “नेहा” रहेकी छन्। दुई जना केटी साथी मिलेर हाईकिङ जाँदा एक जनाले साथी बेपत्ता भएपछि प्रहरीलाई उद्धारको लागि खबर गरेकी थिइन्।

हङकङ प्रहरीले खबर पाउन साथ त्यहाँ पुगेको उद्धारकर्मीले वेपत्ता भएकी बिनितालाई अचेत अवस्थामा पानीमुनी फेला पारेका थिए। उनलाई प्राथमिक उपचारसहित तत्कालै एम्बुलेन्समा हालेर यान चाई अस्पताल लगिएको थियो। चिकित्सकले बिनितालाई अस्पतालमा मृत घोषित गरिएको थियो ।

कुशल कार्कीका अनुसार ‘हामीसंगै काम गर्ने बिनिता गुरुङ बहिनी हो।’ अस्पतालमा बिनिताको मृत शरीर हेरेर आएका कुशलले बिनिताको फोटो उपलब्ध गराएका हुन्। कार्कीका अनुसार उनको ठेगाना काठमाडौं र पहाडको घर पाँचथर भएकी बिनिता हङकङमा युन लङमा बस्दै आएकी थिइन्।

पछिल्लो समय हङकङमा हाईकिङ गएका पैदलयात्रीहरुको पौडी खेल्ने क्रममा डुबेर, चिप्लेर वा प्रचण्ड गर्मीका कारण मृत्यु हुने गरेका छन् । यो समाचार एचके नेपालले लेखेको छ। 

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...