News Portal

राष्ट्रसंघमा प्रधानमन्त्री ओलीको सम्वोधनः सार्कदेखि शरणार्थीसम्म

हिमाली संचार संवाददाता
६३८ पटक

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्र संघको ७३ औं महासभाको बैठकलाई सम्वोधन गरेका छन् । सम्वोधनका क्रममा प्रधानमन्त्रीले नेपालमा रहेका शरणार्थीदेखि लिएर क्षेत्रीय संगठन सार्कको समेत विषय उठान गरेका छन् ।

नेपालको आन्तरिक मामिला एवं राजनीतिक वस्तुस्थितिबारे राष्ट्र संघको महासभालाई जानकारी दिँदै प्रधानमन्त्री ओलीले आफूलाई दुई तिहाई समर्थन प्राप्त रहेको र प्रदेशहरुमा पनि बहुमतको सरकार बनेको बताएका छन् ।

पश्चिमाहरुले नेपालमा रहेका तिब्बती शरणार्थीहरुको पक्षमा कुरा उठाउने र नेपाललाई दबाव दिने गरिरहेका बेला प्रधानमन्त्री ओलीले मानवताका आधारमा नेपालले शरणार्थीहरुलाई शरण दिइरहेको बताएका छन् । उनीहरुलाई सम्मानका साथ घर फर्काउने पहल गर्न अन्तरराष्ट्रिय समुदायसँग प्रधानमन्त्रीले आग्रहसमेत गरेका छन् ।

आफ्नो सम्वोधनमा प्रधानमन्त्री ओलीले भने– ‘नेपालले मानवताका आधारमा हजारौँ शरणार्थीहरूलाई शरण दिएको छ । अन्तरराष्ट्रिय समुदायले उनीहरूको सम्मानका साथ घर जान पाउनुपर्ने अधिकार सुनिश्चित गर्नुपर्छ ।’

अन्तरराष्ट्रिय मुद्दाहरुमा नेपालले आफ्नो स्वतन्त्र धारणा राख्ने गरेको प्रधानमन्त्री ओलीले बताएका छन् । ‘हाम्रो परराष्ट्रनीतिले हामीलाई सबैसँग मित्रता कायम गर्न र कसैसँग पनि वैरभाव नराख्न निर्देशित गर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘यही सिद्धान्तअनुसार हामीले अन्तराष्ट्रिय मुद्दाहरूमा आफ्नो स्वतन्त्र धारणा राख्ने गरेका छौँ ।’

नेपालको परराष्ट्र नीतिअनुरुप क्षेत्रीय सहकार्यलाई ठूलो महत्व दिने गरेको प्रधानमभन्त्री ओलीले बताएका छन । यसक्रममा उनले राष्ट्र संघमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को समेत प्रशंग उठाए ।

सम्वोधनमा प्रधानमन्त्रीले भने– ‘हालै मात्र हामीले चौधौँ बिमस्टेक सम्मेलनको आयोजना गर्‍याैं । हामी सार्कजस्तो महत्वपूर्ण क्षेत्रीय संगठनलाई पुनर्जीवित गर्न चाहन्छौँ ।’

सम्वोधनका क्रममा उनले आफ्नो सरकारको नारा समृद्ध नेपाल र सुखी नेपाली रहेको बताए ।

देशमा राजनीतिक स्थिरता कायम भएको दाबी

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियाका बाँकी कामहरु अघि बढेको, गम्भीर अपराधका घटनामा सरकारले कसैलाई पनि उन्मुक्ति नदिएको र सरकारले मानव अधिकारको सम्मान गरेको बताएका छन् ।

बुद्ध र सगरमाथाको देशबाट शुभकामना लिएर राष्ट्र संघको महासभामा आइपुगेको बताउँदै प्रधानमन्त्रीले यसअघि सन् २००६ मा पनि महासभा बैठकमा सहभागी भएको सम्वोधनका क्रममा स्मरण गरे ।

उनले नेपालको शासिन्त प्रक्रियामा सहयोग पुर्‍याएकोमा राष्ट्र संघ र अन्तरराष्ट्रिय समुदायलाई धन्यवादसमेत दिएका छन् । प्रधानमन्त्री ओलीले नेपालको द्वन्द्व शान्तिमा रुपान्तरण भएको बताए ।

प्रधानमन्त्रीले राष्ट्र संघलाई गरेको सम्वोधनमा देशभित्र कुनै पनि राजनीतिक समुदायको असन्तुष्टि रहेको विषय चर्चा गरेनन् । तर, उनले राष्ट्रसंघको ‘लिभिङ नो वान बिहाइन्ड’ अवधाराणाले आफूहरुलाई उत्प्रेरणा प्रदान गरेको बताए ।

प्रधानमन्त्री ओलीले सम्वोधनको अन्त्यमा भने– हामी सबै मिलेर एउटा प्रतिबद्धता गरौँ, इतिहासका पन्नामा एक्काइसौँ शताब्दीलाई झगडा, गरिबी, अविकास, अन्याय र शोषणको शताब्दी भनेर लेखिन नदिउँ ।’

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...