News Portal

=== गजल ===

हिमाली संचार संवाददाता
६४७ पटक

– लोकेन्द्र बोहरा परिवर्तन

जिन्दगी बिग्रेको दाउ हो थाहा छ कि छैन
बच्चा भोलिको बाउ हो थाहा छ कि छैन

राजधानीले सधै बझाङलाई हेप्ने गरेपनि
जयपृथ्वी जन्मेको ठाउ हो थाहा छ कि छैन

घाइते बाघले कुनैबेला पनि झम्टिन सक्छ
मेरो त केवल सुझाउ हो थाहा छ कि छैन

तितो अतित भुल्ने कोसिस नगरेको होइन
बेला बेला दुखि रहने घाउ हो थाहा छ कि छ‌ैन

पापी समय परिवर्तनको नजिक पुगेको छ
त्यो सहर हिजोको गाउँ हो थाहा छ कि छैन

बित्थड चिर गाउँपालिका 3
बझाङ

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...