News Portal

मेलम्ची,हेलम्बु र पाँचपोखरीका बाढी प्रभावितहरुलाई आर्थिक सहयोग

हरी कृष्ण न्यौपाने
२५७ पटक

सिन्धुपाल्चोक घर भई रोजगारी तथा ब्यापार ब्यवसायका क्रममा दक्षिण कोरिया, कुवेत र यूएईमा रहेका नेपालीहरुको सकृयता,समन्वय र पहलमा मेलम्ची,हेलम्बु र पाँचपोखरीका बाढी प्रभावितहरुका लागि संकलन गरिएको सहयोग रकम प्रभाबितहरुलाई बितरण गरिएको छ।मेलम्ची,हेलम्बु र पाँचपोखरीका प्रभाबितहरुलाई स्थानिय निकायका पधाधिकारीको रोहबरमा साउन ६ गते (जुलाई २१,२०२१)बुधबारका दिन उक्त आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

सिन्धुपाल्चोक सेवा समाज–यूएई, सिन्धुपाल्चोक समाज–दक्षिण कोरिया र सिन्धुपाल्चोक सेवा समाज–कुवेतको पहल र अनुरोधमा संकलन गरिएको रकमबाट असार १ गते मेलम्ची नदीमा आएको बाढीबाट पूर्ण प्रभावित(पूर्ण रुपले घर बगाएका)हरुलाई वडा तथा गाउपालिक कार्यालयबाट प्राप्त विवरण अनुसार आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

हेलम्बु गाउँपलिका वार्ड नं-४ का १४ परिवार,मेलम्ची नगरपालिकाका वार्ड नं-६का ९ परिवार,मेलम्ची नगरपालिकाका वार्ड नं-१० का १९ परिवार,पाँच पोखरी गाउँपालिका वार्ड नं-२ का १५ परिवारलाई प्रति परिवार ५ हजारका दरले आर्थिक सहयोग गरिएको हो।मेलम्ची वार्ड नं-१० मा भने प्रभाबितको संख्या पहिले उपलब्ध गराइएको भन्दा बढी भए पछी प्रती परिवार ४ हजारको दरले आर्थिक सहयोग गरिएको हो। त्यसै गरी भौतिक संरच्नना र बजार सुरक्षित बनाउनका लागि मेलम्ची भ्याली क्याम्पसका लागि ४० हजार र मेलम्ची बजार पुनर्निर्माण सरोकार समितीका लागि ५० हजार नगद सहयोग गरिएको थियो।

त्यसै गरी सिन्धुपाल्चोक समाज–दक्षिण कोरियाले बाढी-पहिरोका कारण मृत्‍यु भएका मृतकका १४ परिवारहरुलाई यस अघीनै प्रती परिवार १० हजार नगद सहयोग गराएकोमा छुट्नु भएका पाँचपोखरी-२का मृतक ठकुरी स्याङ्बो र जुगल गाउपालिकाका मृतकहरु गीता थापा अनी सुदिप थापा (आमा-छोरा)का परिवारलाई पनि प्रती परिवार १० हजारका दरले नगद सहयोग हस्तान्तरण गरिएको छ।

यस अघी पनि बाढीबाट प्रभाबित हेलम्बु वडा नं. १ का २३, वडा नं २ का ४३, वडा नं. ३ का २६ र वडा नं ६ का ९ परिवारलाई प्रती परिवारका पाँच हजारका दरले सहयोग गरिएको थियो।तेर्स्रे माबी-तालामाराङलाई ४० हजार,ईस्ट पोईन्ट एकेडेमी-ग्याल्थुङलाई ९० हजार,सरस्वती माबी-ग्याल्थुङलाई ४० हजार तथा उच्च जोखिम रहेको चनौटे बजार बचाउन ४० हजार यस अघीनै सहयोग गरिएको थियो।

सहयोग हस्तान्तरणका लागि हेलम्बुका स्थानिय सामाजिक ब्यक्तित्वहरु कुमारप्रसाद लामिछाने,सोम तामाङ,रेडियो मेलम्चीका अध्यक्ष डम्बर रशिक भारती,बार्हबिसे-जुरेका सामाजिक ब्यक्तित्व प्रदिप पौडेल, यूएई प्रतिनिधि हरी दुलाल र कुवेत प्रतीनिधी हरी कृष्ण न्यौपानेले सहजिकरण गरेका थिए।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...