News Portal

सुजनअधिकारीद्वारा ३१ मा हुने एनआरएनए अष्ट्रेलियाको निर्वाचन राष्ट्रिय समन्वय समिति सदस्य उम्मेदवारी

हिमालीसंचार संवाददाता
८३६ पटक

कुवेत– गैर आवासिय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन यहि आउँदो जुलाई ३१ मा हुने भएको छ । साउथ अष्ट्रेलियामा नेपाली समाजको जनसंख्या बढ्दै गइरहेको अवस्था छ र यसलाई अझ राम्रो सामाजिक वातावरणको सृजना गर्न सबैको साथ र सहयोगको  आजको आवश्यकता बन्न पुगेको छ । यहि आवश्कतालाई मध्यनजर गर्दै निर्वाचनममा साउथ अस्ट्रेलियाबाट राष्ट्रिय समन्वय समिति सदस्य उम्मेदवारको रुपमा प्रस्तुत हुने सुजन अधिकारीले बताएका छन् ।साउथ अष्ट्रेलियामा नेपाली समाजको जनसंख्या बढ्दै गइरहेको अवस्था छ र यसलाई अझ राम्रो सामाजिक वातावरणको सृजना गर्न तपाई हामी सबैको साथ र सहयोगको आवश्यकता छ र यहि आवश्कतालाई मध्यनजर गर्दै म यस निर्वाचनममा साउथ अस्ट्रेलियाबाट राष्ट्रिय समन्वय समिति सदस्य उम्मेदवारको रुपमा प्रस्तुत हुने जानकारी यहाँ माझ राख्दछु । समुदाय सँगै लामो समय नजिक रहेर काम गर्ने मौका मिल्यो ।
जसले समुदायका आवश्यकताहरुको बारेमा समेत म परिचिति छु । निर्वाचन पछि यहाँको बहुसांस्कृति समाजमा नेपाली समुदायलाई अझै सशक्त रुपले अगाडी बढाउन आफुले जाने बुझेका र सिकेका सिपहरुको सही सदुपयोग गर्दै मेरो अहम् भूमिका रहने छ । म विश्वा दिलाउन चाहन्छु, यहाँहरुको सुझाब साथ सहयोग र समर्थन रहनेछ भन्नेमा पूर्ण विश्वस्त छु ।

एनआरएनए अस्ट्रेलियाको संरचनागत सुधारमा तल उल्लेखित बुँदाहरुलाई अगाडि बढाउनेे बताए ।
१. अस्ट्रेलियामा विभिन्न राज्यहरुमा हाम्रा बालबालिकाहरुले नेपाली भाषा पढ्दै आएका छन् । त्यसमा एकरुपता बनाउन एउटै पाठ्यक्रम निमार्णका लागि भूमिका खेल्ने छु ।
२. हरेक राज्यमा कोभिड १९ पश्चात देखिएको मेन्टल हेल्थबारे जनचेतना फैलाउने कार्यक्रम गर्नेछु ।
३. युवाहरुमा ग्यम्ब्लिंग र पोकिज जस्ता कुराको लत देखिन सक्ने हुँदा त्यस सम्बन्धि जनचेतना जगाउने कार्यक्रम गर्ने छु ।
४. पछिल्लो समय निर्वाचन प्रणाली खर्चिलो हुँदै भएको छ , त्यसलाई मध्यनजर गर्दै एनआरएनए अभियानमा जोडिन चाहने सबैलाई पहुच गराउने छु ।
५. हामी प्रबिधियुक्त देशमा बसेका छौ त्यसैले हरेक सदस्यले घर मै बसेर अनलाईन भोटिंग गर्न पाउने ब्यबस्था एसै बर्ष देखी सुरुवात भयको छ यसलाई अझै प्रविधि मैत्री बनाउन विशेष दिनेछु ।
६. राष्ट्रिय सम्मलेन प्रत्यक २ वर्षमा भिन्न भिन्न राज्यमा गर्न पहल गर्ने छु ।
७. नेपालमा सुरक्षित व्यवसायीक लगानी र सामाजिक सेवाका काममा विशेष भुमिका खेल्ने छु ।

 

 

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...