News Portal

नेपाल आइडल सिजन-४ शुरु हुने, निर्णायकहरु परिवर्तन

हिमालीसंचार संवाददाता
४६२ पटक

काठमाण्डौ – गायन रियालिटी शो ‘नेपाल आइडल’ नरोकिने आयोजकले जनाएको छ भने नमर्णायकहरु भने परिवर्तन हुने भएको छ।

सन् २०२१ साल भित्रै चौथो सिजन शुरु गरिसक्ने ‘नेपाल आइडल’का निर्देशक सुरेश पौडेलले जानकारी दिएका छन् । उनका अनुसार तीन सिजनका लागि पाएको फ्रेन्चाइजको अनुमति सकिएको र कोरोना महामारी पनि रहेकाले चौथो सिजन सुरु गर्न ढिलाई भएको उनले बताए । उनका अनुसार ‘उताबाट अनुमति पाउन साथ चौथो सिजन शुरु गर्छौ । सन् २०२१ भित्र नै शोको छायांकन सुरु गरिसक्छौं’, पौडेलले भने ।

चौथो सिजनमा भने यसअघिका ३ श्रृङ्खलाका तिनै जना निर्णायकहरु परिवर्तन हुने पौडेलको भनाई छ । ‘निर्णायकहरु अन्य देशमा पनि परिवर्तन भईरहेका हुन्छन् । उनीहरुसँगको सम्झौता पनि तिन वर्षकै थियो । उनीहरु पनि बाहिरी कार्यक्रममा व्यस्त भए’, पौडेलले अगाडि भने–‘सांगीतिक क्षेत्रमा स्थापित थुप्रैको सूची तयार छ ।

निर्णायक को हुने भन्ने फाइनल भइसकेको छैन ।’यसअघिका तीनै सिजनका निर्णायकमा संगीतकार न्ह्यु ब्रजाचार्य, कालीप्रसाद बाँस्कोटा र गायिका इन्दिरा जोशी थिए । ‘नेपाल आइडल’मा बुद्द लामा, रवी ओड र सज्जा चौलागाँई क्रमशः पहिलो, दोश्रो र तेश्रो सिजनको विजेता भएका छन् ।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...