News Portal

उज्वल थापाको उपचारबाट बचेको रकम ७ संस्थालाई प्रदान

हिमालीसंचार संवाददाता
४१६ पटक

काठमाडौं – विवेकशील साझा पार्टीका स्व. नेता उज्वलबहादुर थापाको उपचारका क्रममा संकलन भएको रकम सात वटा सामाजिक संस्थालाई प्रदान गरिएको छ ।

कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका थापाको उपचारका लागि विश्वभरका करिव २,८०० व्यक्तिबाट ६७ लाख ८३ हजार ४८५ रुपैयाँ ३४ पैसा रकम संकलन भएको थियो । थापाको परिवारका अनुसार उपचारमा २४ लाख २० हजार ३४९ रुपैयाँ खर्च भएको थियो । बैंक तथा रकम स्थानान्तरण गर्ने क्रममा  १ लाख १० हजार ९३४ रुपैयाँ १६ पैसा खर्च भएको उल्लेख गरिएको छ ।

थापाको उपचारका क्रममा गत जेठ १८ गते निधन भएको थियो ।  उनको उपचारका लागि जुटेको सहयोगमध्ये ४२ लाख ५२ हजार २०१ रुपैयाँ ७२ पैसा बचत रहेको उज्जवलको परिवारले जनाएको छ । यो रकम दाताहरूलाई फिर्ता गर्न व्यवस्थापनको दृष्टिकोणले सम्भव नदेखिएको भदै थापाको परिवार, साथी र शुभेच्छुकहरूले कोभिडको महामारीमा चिकित्सकीय तथा जीविकोपार्जन समस्या भोगिरहेकाहरूलाई सहयोग गर्ने निर्णय गर्‍यो ।

त्यसका लागि ४१ वटा संस्थाको सूचना बनाएको भएपनि काम हेरेर सात वटा संस्थालाई उक्त रकम दिइएको थापाको परिवारले जनाएको छ । थापाको परिवारका अनुसार संस्थाहरूको काम हेरी छोटो सूची बनाएका थिए । छोटो सूचीमा भएकाहरूको कामलाई हेर्दा र उनीहरूसँग अन्तर्वार्तासमेत गर्दा सात वटा संस्थाहरू उपयुक्त संस्थाहरूलाई चयन गरियो ।

राष्ट्रिय आविष्कार केन्द्रलाई १५ लाख, ओडा फाउन्डेसन कालीकोटलाई १० लाख, सानो पाइला वीरगञ्जलाई ६ लाख, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसनलाई ५ लाख रुपैयाँ दिइएको छ । यस्तै, भोरे नेपाल सर्लाहीलाई २ लाख ५० हजार, मधेश ह्युमन राइट्स होम कपिलवस्तुलाई २ लाख दुई हजार २०१ रुपैयाँ ७२ पैसा र हार्टबिट काठमाडौंलाई २ लाख दिइएको छ ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...