News Portal

उज्वल थापाको उपचारबाट बचेको रकम ७ संस्थालाई प्रदान

हिमालीसंचार संवाददाता
४४७ पटक

काठमाडौं – विवेकशील साझा पार्टीका स्व. नेता उज्वलबहादुर थापाको उपचारका क्रममा संकलन भएको रकम सात वटा सामाजिक संस्थालाई प्रदान गरिएको छ ।

कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका थापाको उपचारका लागि विश्वभरका करिव २,८०० व्यक्तिबाट ६७ लाख ८३ हजार ४८५ रुपैयाँ ३४ पैसा रकम संकलन भएको थियो । थापाको परिवारका अनुसार उपचारमा २४ लाख २० हजार ३४९ रुपैयाँ खर्च भएको थियो । बैंक तथा रकम स्थानान्तरण गर्ने क्रममा  १ लाख १० हजार ९३४ रुपैयाँ १६ पैसा खर्च भएको उल्लेख गरिएको छ ।

थापाको उपचारका क्रममा गत जेठ १८ गते निधन भएको थियो ।  उनको उपचारका लागि जुटेको सहयोगमध्ये ४२ लाख ५२ हजार २०१ रुपैयाँ ७२ पैसा बचत रहेको उज्जवलको परिवारले जनाएको छ । यो रकम दाताहरूलाई फिर्ता गर्न व्यवस्थापनको दृष्टिकोणले सम्भव नदेखिएको भदै थापाको परिवार, साथी र शुभेच्छुकहरूले कोभिडको महामारीमा चिकित्सकीय तथा जीविकोपार्जन समस्या भोगिरहेकाहरूलाई सहयोग गर्ने निर्णय गर्‍यो ।

त्यसका लागि ४१ वटा संस्थाको सूचना बनाएको भएपनि काम हेरेर सात वटा संस्थालाई उक्त रकम दिइएको थापाको परिवारले जनाएको छ । थापाको परिवारका अनुसार संस्थाहरूको काम हेरी छोटो सूची बनाएका थिए । छोटो सूचीमा भएकाहरूको कामलाई हेर्दा र उनीहरूसँग अन्तर्वार्तासमेत गर्दा सात वटा संस्थाहरू उपयुक्त संस्थाहरूलाई चयन गरियो ।

राष्ट्रिय आविष्कार केन्द्रलाई १५ लाख, ओडा फाउन्डेसन कालीकोटलाई १० लाख, सानो पाइला वीरगञ्जलाई ६ लाख, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसनलाई ५ लाख रुपैयाँ दिइएको छ । यस्तै, भोरे नेपाल सर्लाहीलाई २ लाख ५० हजार, मधेश ह्युमन राइट्स होम कपिलवस्तुलाई २ लाख दुई हजार २०१ रुपैयाँ ७२ पैसा र हार्टबिट काठमाडौंलाई २ लाख दिइएको छ ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...