News Portal

मोरङको ग्राम लक्ष्मी बचत सहकारी बहुउद्देश्यीयमा परिणत

हिमालीसंचार संवाददाता
३११ पटक

रबिन्द्र बराल/मोरङ – माेरङ काे रंगेली नगरपालिका ७ मा स्थापना भएको ग्राम लक्ष्मी बचत तथा सहकारी ले छाेटाे अबधिमा सफलता हासिल गर्दे  बहुउद्देश्यीय सहकारी हुन सफल भएको छ ।

उक्त सहकारी ले पछिल्लो समयमा रंगेली नगरपालिका ,धनापलथान गाउँ पालिका , सुनवर्सि नगरपालिका र रतुवामाई नगरपालिका भित्रका कृषक तथा ब्यपारी हरु काे सहकार्या मा उक्त सहकारी बहुउद्देश्यीय  बन्न सफलता भएको छ । उक्त सहकारी ले पछिल्लो समयमा 

प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं. १ बिराटनगरको  साझेदारीमा ग्रामलक्ष्मी बहुउद्देश्यीय  सहकारी संस्थाले हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धन कार्यक्रम संचालन मा ल्याएकाे छ । 

संस्थाले  हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धन गर्न  रंगेली नगरपालिका, सुनवर्षि नगरपालिका र धनपालथान गाउपालिकामा सन्चालन गरिनेछ । कृषक हरु का लागि ग्राम लक्ष्मी ले एक सय कृषक हरु लाई  गाई र गाई काे लागि गाेठ निर्माणका लागि एक कृषक बराबर ७५ हजार रुपैयाँ सम्म अनुदान समेत दिईएकाे छ ।  

पशु आहारा विकास कार्यक्रम र बहुवर्षिय पशु स्वास्थ्य सेवा कार्यक्रम  संचालनको लागि आवश्यक पर्ने औषधी, मेशिनऔजार आदि सामग्री खरिद तथा वितरण समेत गरेको छ । दुध संकलन केन्द्र स्थापनाका लागि  उपकरण  आफ्नै  भवन निर्माण तथा बिगत बर्ष देखि खेतीयोग्य जमिन लिजमा लिएर आधुनिक प्रबिधि बाट खेति समेत गर्दे आईरहेकाे संस्था का अध्यक्ष सन्ताेष कुमार मंण्डल ले बताए । उनले भने अबका दिन हरुमा ग्राम लक्ष्मी प्रदेश एक कै उत्कृष्ट काे रुपमा  काम गर्दे अगाडि बडदै जाने उनलेे बताए ।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...