News Portal

वीपीको बेथिति छानबिन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा समिति गठन

हिमालीसंचार संवाददाता
३२९ पटक

अविन माबो/धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भित्रको बेथिति समस्या समाधान गर्नका लागि सरकारले प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव बैकुण्ठ अर्याल संयोजक रहेको एक जाँचबुझ समिति गठन गरेको छ ।

प्रधानमन्त्री एवं कुलपति कार्यालयले हिजो बिहिबार सचिव अर्यालको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेको हो । प्रधानमन्त्री कार्यालयका उपसचिवका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा जाँझबुझ समिति गठनको फाइल अघि बढेको थियो । 

गत असार २८ गते सर्वोच्चको संवैधानिक इजलाशको फैसला आउने भएपछि समिति गठन हुन सकेको थिएन । सोही फाइल कार्यान्वयन गर्ने क्रममा बिहिबार समिति गठन भएको नाम उल्लेख नगर्न आग्रह गर्दै ती उपसचिवले जानकारी दिए । वरिष्ठ सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा समिति बनेको छ ।’ उनले आज कार्यालय पुगेर मात्र औपचारिकरुपमा जानकारी दिन सक्ने पनि बताए । 

समितिमा ८ सदस्यीय रहेको जानकारी प्राप्त भएको छ । उक्त समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ । संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले समिति गठन भएको चर्चा सुनेपनि औपचारिकरुपमा जानकारी नआएको बताए ।

यद्यपी उनले प्रधानमन्त्री कार्यालयका उच्चअधिकारीले सम्पर्क गरेर आफुहरुको मागबारे जानकारी लिएको बताए । उनले भने,’समिति गठनको कुरा सुन्यौ तर औपचारिक त्यस्तो जानकारी पाएका छैनौं, हाम्रो आन्दोलनको कार्यक्रम जारी छ । ‘

प्रतिष्ठानमा चिकित्सक, विद्यार्थी, कर्मचारी तथा नर्सिंगहरुले आन्दोलन थालेको एक महिना बितिसकेको छ । प्रतिष्ठानको बेथिती, आर्थिक अनियमितता एवं भ्रष्टचार अन्त्यको लागि जारी आन्दोलनको क्रममा असार १५ गते वार्ता भाँडिएको थियो । वार्ताको क्रममा उपकुलपतिले मदिरा पिएर आएको भन्दै वार्ता भाडिएको भोलीपल्ट चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको थियो । 

त्यसपछि उपकुलपति डा.ज्ञानेन्द्र गिरीले २ पटक वार्ताको आह्वान गरेपनि कुलपति वा सहकुलपतिस्तरबाट गठन भएको उच्चस्तरीय समितिसँग मात्रै वार्ता गर्ने भन्दै आन्दोनलकारीले अस्वीकार गर्दै आएको छ ।

संयुक्त संघर्ष समितिले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउदै ४८ घण्टाभित्र माग पुरा नभए आजदेखि दैनिक २ घण्टा इर्मजेन्सी, कोभिड अस्पताल र पुर्वनिर्धारित परीक्षाबाहेक सबै सेवा बहिष्कारको अल्टिमेटम दिएका थिए । 

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...