News Portal

  • वीपीको बेथिति छानबिन गर्न प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा समिति गठन

    हिमालीसंचार संवाददाता
    २९९ पटक

    अविन माबो/धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भित्रको बेथिति समस्या समाधान गर्नका लागि सरकारले प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव बैकुण्ठ अर्याल संयोजक रहेको एक जाँचबुझ समिति गठन गरेको छ ।

    प्रधानमन्त्री एवं कुलपति कार्यालयले हिजो बिहिबार सचिव अर्यालको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेको हो । प्रधानमन्त्री कार्यालयका उपसचिवका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा जाँझबुझ समिति गठनको फाइल अघि बढेको थियो । 

    गत असार २८ गते सर्वोच्चको संवैधानिक इजलाशको फैसला आउने भएपछि समिति गठन हुन सकेको थिएन । सोही फाइल कार्यान्वयन गर्ने क्रममा बिहिबार समिति गठन भएको नाम उल्लेख नगर्न आग्रह गर्दै ती उपसचिवले जानकारी दिए । वरिष्ठ सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा समिति बनेको छ ।’ उनले आज कार्यालय पुगेर मात्र औपचारिकरुपमा जानकारी दिन सक्ने पनि बताए । 

    समितिमा ८ सदस्यीय रहेको जानकारी प्राप्त भएको छ । उक्त समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न समय दिइएको छ । संयुक्त संघर्ष समितिका सहसंयोजक डा.विष्णु पोखरेलले समिति गठन भएको चर्चा सुनेपनि औपचारिकरुपमा जानकारी नआएको बताए ।

    यद्यपी उनले प्रधानमन्त्री कार्यालयका उच्चअधिकारीले सम्पर्क गरेर आफुहरुको मागबारे जानकारी लिएको बताए । उनले भने,’समिति गठनको कुरा सुन्यौ तर औपचारिक त्यस्तो जानकारी पाएका छैनौं, हाम्रो आन्दोलनको कार्यक्रम जारी छ । ‘

    प्रतिष्ठानमा चिकित्सक, विद्यार्थी, कर्मचारी तथा नर्सिंगहरुले आन्दोलन थालेको एक महिना बितिसकेको छ । प्रतिष्ठानको बेथिती, आर्थिक अनियमितता एवं भ्रष्टचार अन्त्यको लागि जारी आन्दोलनको क्रममा असार १५ गते वार्ता भाँडिएको थियो । वार्ताको क्रममा उपकुलपतिले मदिरा पिएर आएको भन्दै वार्ता भाडिएको भोलीपल्ट चारै जना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको थियो । 

    त्यसपछि उपकुलपति डा.ज्ञानेन्द्र गिरीले २ पटक वार्ताको आह्वान गरेपनि कुलपति वा सहकुलपतिस्तरबाट गठन भएको उच्चस्तरीय समितिसँग मात्रै वार्ता गर्ने भन्दै आन्दोनलकारीले अस्वीकार गर्दै आएको छ ।

    संयुक्त संघर्ष समितिले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउदै ४८ घण्टाभित्र माग पुरा नभए आजदेखि दैनिक २ घण्टा इर्मजेन्सी, कोभिड अस्पताल र पुर्वनिर्धारित परीक्षाबाहेक सबै सेवा बहिष्कारको अल्टिमेटम दिएका थिए । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...