News Portal

    सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा थपियो

    यातायात जोर-बिजोर प्रणाली हट्यो, पसल र होटल ८ बजेसम्म खुल्ला

    हिमालीसंचार संवाददाता
    ३६४ पटक

    अविन माबो/धरान – सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा थपिएको छ । असार ३१ गते निषेधाज्ञा जारी गरेको समय आज १२ बजे मध्यरात पछि सकिँदैछ ।

    जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसीएमसीको बैठकले साउन १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । धरानलगायत सुनसरी जिल्लाभर कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि थपिएको हो ।

    प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले धरानलगायत सुनसरीमा कोरोना संक्रमितको संख्या यथावत रहेको र बढ्दो क्रममै रहेको हुनाले निषेधाज्ञा थपिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता महेशकुमार पोख्रेलले जानकारी दिए ।

    सुनसरीमा सवारी साधन जोर–बिजोर प्रणाली हटेको छ । जिल्ला भित्र असार ३१ गतेसम्म जोर–बिजोर प्रणालीअनुसार यातायात चल्दै आएको थियो । विहिबारको निर्णयअनुसार जिल्लाभर पसल र होटल बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । ‘होटल, पसललाई एक घण्टा समय थपियो’, उनले भने, ‘होटल र पसल ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।’

    उनका अनुसार सुनसरीमा लाग्ने बोलबमलगायतका सार्वजनिक मेलालाई रोकिएको छ । ‘धरानको विषयमा अलि ‘टाइट’ गर्ने भन्ने विषय उठेको थियो तर मेयर सा’ब काठमाडौंमा जानुभएको बुझियो, उहाँले नै बोलबमलाई रोक्नुपर्छ अरु पछि आएपछि सरसल्लाह गरौं भनेको हुनाले त्यसै गरेका छौं ।’ प्रवक्ता पोख्रेलले भने ।

     

    सुनसरी जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । ‘खासमा अहिले पनि संक्रमित बढेकै छन्’, उनले भने, ‘त्यही भएर पनि निषेधाज्ञा लम्ब्याइएको हो ।’

    सुनसरी जिल्लामा गएको वैशाख महिनादेखि गरिएको निषेधाज्ञाको समयावधि थपिँदै गएको छ । भीडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, खेलकुद गतिविधिलगायत कार्यक्रम गर्न पाइँदैन । जिल्लाका सबै विद्यालय, क्याम्पस, ट्युसन सेन्टर, कोचिङ सेन्टर, विश्वविद्यालयहरू सञ्चालन गर्न पाइने छैन ।

    धरानमा दोस्रो लहरयता अहिलेसम्म ३ हजार ७ सय ६ जनामा दोस्रो लहरमा कोरोना सङ्क्रमण भएको छ भने ९४ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा दिनहुँ ७० देखि ८० जनासम्म संक्रमित छन् ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    सानो पाइला सहकारी ठगी काण्ड : रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा, ५ करोडभन्दा बढी बिगो माग

    काठमाडौं, असार १ — वीरगञ्जस्थित सानो पाइला सहकारी घोटाला प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

    टिकटकमार्फत जातीय विभेद भड्काउने युवती पक्राउ

    काठमाडौं, असार १ – सामाजिक सञ्जाल टिकटक प्रयोग गरेर जातीय तथा साम्प्रदायिक भावना भड्काउने र...

    कुलेश्वरबाट अक्सिजन सिलिण्डरभित्र ट्रामाडोल ओसार्ने दुई जना पक्राउ

    काठमाडौं, असार १ – अक्सिजन सिलिण्डरको आडमा लागुऔषध ओसारपसार गरिरहेका दुई जना काठमाडौंको कुलेश्वरबाट पक्राउ...

    काठमाडौँको बूढानीलकण्ठमा दुई जना मृत फेला, घटनामा रहस्यमय पाटो — अनुसन्धानमा जुट्यो प्रहरी

    काठमाडौँ, असार १ – राजधानीको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित एक घरभित्र दुई जनाको शव फेला परेपछि...

    प्रतिनिधिसभामा विपक्षी दलको नाराबाजी, सभामुखले बेवास्ता गर्दै बैठक चलाए

    काठमाडौं, असार १ – प्रतिनिधिसभाको आइतबारको बैठक प्रतिपक्षी दलहरूको कडा विरोध र नाराबाजीबीच नै अगाडि...