News Portal

सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा थपियो

यातायात जोर-बिजोर प्रणाली हट्यो, पसल र होटल ८ बजेसम्म खुल्ला

हिमालीसंचार संवाददाता
४४५ पटक

अविन माबो/धरान – सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा थपिएको छ । असार ३१ गते निषेधाज्ञा जारी गरेको समय आज १२ बजे मध्यरात पछि सकिँदैछ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको डिसिसीएमसीको बैठकले साउन १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । धरानलगायत सुनसरी जिल्लाभर कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि गएको वैशाखदेखि लागू गरिएको निषेधाज्ञाको समयावधि थपिएको हो ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले धरानलगायत सुनसरीमा कोरोना संक्रमितको संख्या यथावत रहेको र बढ्दो क्रममै रहेको हुनाले निषेधाज्ञा थपिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता महेशकुमार पोख्रेलले जानकारी दिए ।

सुनसरीमा सवारी साधन जोर–बिजोर प्रणाली हटेको छ । जिल्ला भित्र असार ३१ गतेसम्म जोर–बिजोर प्रणालीअनुसार यातायात चल्दै आएको थियो । विहिबारको निर्णयअनुसार जिल्लाभर पसल र होटल बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । ‘होटल, पसललाई एक घण्टा समय थपियो’, उनले भने, ‘होटल र पसल ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।’

उनका अनुसार सुनसरीमा लाग्ने बोलबमलगायतका सार्वजनिक मेलालाई रोकिएको छ । ‘धरानको विषयमा अलि ‘टाइट’ गर्ने भन्ने विषय उठेको थियो तर मेयर सा’ब काठमाडौंमा जानुभएको बुझियो, उहाँले नै बोलबमलाई रोक्नुपर्छ अरु पछि आएपछि सरसल्लाह गरौं भनेको हुनाले त्यसै गरेका छौं ।’ प्रवक्ता पोख्रेलले भने ।

 

सुनसरी जिल्लामा कोभिड सङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको अवधि लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए । ‘खासमा अहिले पनि संक्रमित बढेकै छन्’, उनले भने, ‘त्यही भएर पनि निषेधाज्ञा लम्ब्याइएको हो ।’

सुनसरी जिल्लामा गएको वैशाख महिनादेखि गरिएको निषेधाज्ञाको समयावधि थपिँदै गएको छ । भीडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, खेलकुद गतिविधिलगायत कार्यक्रम गर्न पाइँदैन । जिल्लाका सबै विद्यालय, क्याम्पस, ट्युसन सेन्टर, कोचिङ सेन्टर, विश्वविद्यालयहरू सञ्चालन गर्न पाइने छैन ।

धरानमा दोस्रो लहरयता अहिलेसम्म ३ हजार ७ सय ६ जनामा दोस्रो लहरमा कोरोना सङ्क्रमण भएको छ भने ९४ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरानमा दिनहुँ ७० देखि ८० जनासम्म संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...