News Portal

राष्ट्रपतिको तस्वीरमा ‘सेतो पट्टि’ बास्तविकता के हो?

हिमालीसंचार संवाददाता
४२७ पटक

काठमाडौँ – सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयको भित्तामा रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीरमा सेतो कागज वा टेपले छोपिएको जस्तो दखिएको छ । जसको ठिक सामुन्ने प्रधानमन्त्री शेरबहादुर देउवा बसेका छन् । राष्ट्रपति भण्डारीको तस्वीर नियालेर हेर्दा आँखा सेतो कागज वा टेपले छोपिएको जस्तो दखिएको छ ।

कतिपयले यसलाई फोटोसप गरिएको भनेका छन् त कतिले राष्ट्रपतिसँगको रिसइबीका कारण सरकारले नै यस्तो हर्कत गरेको आशंका गरेका छन् । यस विषयमा राष्ट्रिय समाचार समितिका महाप्रवन्धक सिद्धराज राईसँग प्रश्न गर्दा उनले फोटोमा कुनै छेडखानी नगरिएको बताए ।

‘जस्तो फोटो खिचिएको थियो, हामीले त्यस्तै प्रेषित गरेका हौं, फोटोसप गरिएको छैन,’ ‘राष्ट्रपतिको तस्वीरमा देखिएको सेतो भागको वास्तविकता के हो भन्ने हामी बुझ्दैछौं ।’

सो तस्वीर खिच्ने राससका फोटोपत्रकार रोसन सापकोटाले चाहिँ क्यामराको लाइट राष्ट्रपतिको तस्वीरमा परेकाले सेतो भाग देखिएको दाबी गरेका छन् । उनले भने, ‘नेपाल टेलिभिजनको लाइट प्रधानमन्त्रीको आँखामा सोझै परेपछि सिलिङतिर फर्काइएको थियो ।

त्यही लाइटका कारण राष्ट्रपतिको फोटोमा त्यस्तो देखिएको हो ।’ मन्त्रिपरिषद् कार्यालयका एक सचिवले यस विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभयो ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...