News Portal

राष्ट्रपतिको तस्वीरमा ‘सेतो पट्टि’ बास्तविकता के हो?

हिमालीसंचार संवाददाता
४५९ पटक

काठमाडौँ – सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयको भित्तामा रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीरमा सेतो कागज वा टेपले छोपिएको जस्तो दखिएको छ । जसको ठिक सामुन्ने प्रधानमन्त्री शेरबहादुर देउवा बसेका छन् । राष्ट्रपति भण्डारीको तस्वीर नियालेर हेर्दा आँखा सेतो कागज वा टेपले छोपिएको जस्तो दखिएको छ ।

कतिपयले यसलाई फोटोसप गरिएको भनेका छन् त कतिले राष्ट्रपतिसँगको रिसइबीका कारण सरकारले नै यस्तो हर्कत गरेको आशंका गरेका छन् । यस विषयमा राष्ट्रिय समाचार समितिका महाप्रवन्धक सिद्धराज राईसँग प्रश्न गर्दा उनले फोटोमा कुनै छेडखानी नगरिएको बताए ।

‘जस्तो फोटो खिचिएको थियो, हामीले त्यस्तै प्रेषित गरेका हौं, फोटोसप गरिएको छैन,’ ‘राष्ट्रपतिको तस्वीरमा देखिएको सेतो भागको वास्तविकता के हो भन्ने हामी बुझ्दैछौं ।’

सो तस्वीर खिच्ने राससका फोटोपत्रकार रोसन सापकोटाले चाहिँ क्यामराको लाइट राष्ट्रपतिको तस्वीरमा परेकाले सेतो भाग देखिएको दाबी गरेका छन् । उनले भने, ‘नेपाल टेलिभिजनको लाइट प्रधानमन्त्रीको आँखामा सोझै परेपछि सिलिङतिर फर्काइएको थियो ।

त्यही लाइटका कारण राष्ट्रपतिको फोटोमा त्यस्तो देखिएको हो ।’ मन्त्रिपरिषद् कार्यालयका एक सचिवले यस विषयमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिनुभयो ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...