News Portal

मोरङको रंगेलीमा इन्सेकद्वारा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
२८५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकामा सेवाग्राही र सेवाप्रदायकबिच शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवालमा एक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय विराटनगरको सहयोग र मानव अधिकार समूह रंगेलीमा आयोजना गरिएको कार्यक्रममा इन्सेकद्घारा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी परियोजना अन्तरगत सेवाग्राही र सेवाप्रदायकबिच संविधान प्रदत्त मौलिक अधिकारका सवालमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो। 

उक्त आयोजित कार्यक्रममा नगरपालिकाका  प्रशासकीय अधिकृत टोमप्रसाद सुवेदी, वजाअध्यक्ष रामचन्द्र मंण्डल, घनश्याम पनेरु,  स्वास्थ्य प्रमुख ब्रजेश मेहेता, शिक्षा अधिकृत रबिन्द्र पंण्डित,  स्थानीय उषा झा, धर्मेन्द्र मंण्डल, पुनम सापकोटा लगायतको उपस्थित रहेको थियो।

कार्यक्रममा सहभागीहरुले सार्वजनिक निकायबाट प्रवाह हुने संविधान प्रदत्त सवालमा आफूहरूलाई थप जिम्मेवार बढेको इन्सेक मानव अधिकार समूहले उठान गरेका शिक्षा, स्वास्थ्य, खाद्य र आवास अधिकारका सवाललाई राजनीति भन्दा फरक ढङ्गले हेरी सोही अनुसार कार्यान्वयनमा सम्बन्धित सबै पक्ष सहभागी भए त्यसले स्थानीय ग्रामीण भेगका नागरिकको जीवनस्तर सुधार हुने  अपेक्षा समेत राखेका छन ।

प्रतिकृया दिनुहोस्

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...