News Portal

मोतिराज निरौलाका चोटिला मुक्तकहरु!

हिमालीसंचार संवाददाता
४५५ पटक

मुक्तक – १
नेताको झोला बोकेर खल्ती भर्न बन्द गरियोस्
पार्टीको गुणगान गाउँदै भ्रम छर्न बन्द गरियोस्
तपाईं असल शिक्षकको छवि बनाउनु हुन्छ भने
विद्यालयमा गएर राजनीति गर्न बन्द गरियोस्

मुक्तक – २
छोरा हो सहनु पर्छ हजारौं चोट भन्नुहुन्छ बा
नखानु जाँड, रक्सी, सुर्ती, चुरोट भन्नुहुन्छ बा
विदेशमा जति पसिना बगाएर मेहनत गर्यो भने
नेपालमै कमाइन्छ लाखौं नोट भन्नुहुन्छ बा

मुक्तक – ३
पुराना लुगा नलगाउ भन्छन् मेरा गाउँका मान्छेहरू
छोराछोरी बोर्डिङ पठाउ भन्छन् मेरा गाउँका मान्छेहरू
खै समय परिबर्तन भएको कि मान्छेहरू परिबर्तन भए?
गुन्द्रुक ढिंडो नै नखाउ भन्छन् मेरा गाउँका मान्छेहरू

मुक्तक – ४
फराकिलो देखाउन खोज्छन् मन समाजसेवीहरू
बाँड्दै हिंडेका छन् नगद धन समाजसेवीहरू
सक्कली या नक्कली हुन् बुझ्नै गाह्रो छ अचेल
बर्खे च्याउ जस्तै उमृएका छन् समाजसेवीहरू

मुक्तक -५
मेरो मुटु खायो कलेजो खायो तिम्रा यादहरुले
दिनरात सताउनुसम्म सतायो तिम्रा यादहरुले
प्रिय तिमी टाढियौ,नजिक हुँदा तनावै थिएन
आज भोक निन्द्रा सबै हरायो तिम्रा यादहरुले

मुक्तक – ६
देश बनाउने राष्ट्र पिताको सालिक ढलेपछि
अनि हेर्दाहेर्दै हाम्रो राष्ट्रिय झण्डा जलेपछि
खै देश समृद्ध बन्छ भनेर कसरी विश्वास गरौं ?
देशद्रोही र भ्रष्टचारीकै पक्षमा नारा चलेपछि

मुक्तक ७
पहुँचवालाहरूले निर्णय गर्छन् जस्तो लाग्छ
गरिबहरू मात्रै मारमा पर्छन् जस्तो लाग्छ
देशमा बलत्कारीलाई मृत्युदण्ड दिने हो भने,
हजारौं मानिसहरू निर्दोष मर्छन् जस्तो लाग्छ

मोति निरौला
सुदेङदेल -७, केपिलासगढी खोटाङ सगरमाथा नेपाल

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...