News Portal

सुनवर्सी अभियानद्वारा रंगेलीका परिवारलाई खाद्यान्न वितरण

रबिन्द्र बराल
२६९ पटक

रविन्द्र बराल/मोरङ – मोरङको सुनवर्सी नगरपालिकामा स्थापना भएको सुनवर्सी सहयोग अभियानले सरकारद्वारा जारि निषेधाज्ञाले गर्दा काम नापाएर समस्यामा परेका परिवारलाई खाद्यान्न सहयोग अभियानलाई निरन्तरता दिदै आईरहेको छ । अभियानले रंगेली नगरपालिकाको वडा ३ र ९ का ५ पारिवारलाई खाद्यान्न सामग्री वितरण गरिएको छ।

अभियानले एकल महिला तथा अतिबिपन्न घर घरपरिवारहरुलाई लकडाउनले गर्दा उनीहरुको बिहान बेलुका हातमुख जोड्न समेत समस्या परेको जानकारी पाएपछि उनीहरुले सहयोग अभियानले सहयोग गरेका हो ।
उनीहरुले एक महिनाको लागि आवस्यक पर्ने चामल, तेल, नुन, दाल र स्वाईविन समेत वितरण गरेको हो ।

सुनवर्सी नगर भित्र मात्रै नभएर रंगेली , रतुवामाई, कानेपोखरी र धनपालथानका समेत नागरिकहरु खाधान्न समस्यामा परेको जानकारी पाउन साथ मनकारी युवाहरुको समुहले “तपाईसंगै हामी सुनवर्सी सहयोग अभियान” नामक अभियान संचालन गरी घर–घरमै गएर खाधान्न तथा स्वास्थ्य सामाग्री पुर्याएर सहयोग सुरु गरेको थिए।

उक्त कार्यक्रममा युवा समाजसेवी ईन्जिनियर कमलेश्वर ठाकुर, पत्रकार बीरेन्द्रकुमार साह, सन्तोष बास्तोलाहरुको सयुक्त रुपमा अभियान संचालन गरेका थिए । सहयोगका लागि देश तथा बिदेशमा रहेका युवादेखि नेताहरु समेत अभियानलाई ३ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेका छन् ।

हाल सम्म सो मोरङ जिल्लामा संस्थाले १ सय ३५ घर परिवारलाई खाद्यान्न सहयोग समेत गरि सकेको छ ।

प्रतिकृया दिनुहोस्

प्रतिनिधि सभा निर्वाचनअघि आयल निगमको इन्धन व्यवस्थापन सक्रिय

काठमाडौं, ७ माघ – प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल आयल निगमले पेट्रोल, डिजेल र...

काठमाडौं उपत्यकामा हराएका ५० मोटरसाइकल र स्कुटर फेला, मालिकलाई फिर्ता

काठमाडौं, ७ माघ – काठमाडौं उपत्यकामा हराएका वा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर...

निर्वाचनको प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरिए कारबाही हुने

काठमाडौ – निर्वाचन केन्द्रित सुरक्षा रणनीतिबारे छलफल गर्न बसेको बैठकले प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गरी केन्द्रीय...

विशेष महाधिवेशनको विरोधपछि शेखर कोइराला गगन नेतृत्वसँग सहमत

विराटनगर, माघ ७ – नेपाली कांग्रेसका नेता शेखर कोइराला, जो विशेष महाधिवेशनको विरोधमा थिए, अन्ततः...

अति आवश्यक लाइसेन्स पनि ढिलो, सेवाग्राहीलाई कम्तीमा १० दिनको पर्खाइ

काठमाडौं, माघ ७ – अत्यावश्यक कामका लागि सवारी चालक अनुमति पत्र चाहिने सेवाग्राहीले अब तत्कालै...