News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • धरानका वीपी प्रतिष्ठानका डाक्टरहरले हेल्मेट लगाउँदैनन्

    अब एक्सन हुन्छ- ट्राफिक प्रहरी

    हिमालीसंचार संवाददाता
    ३३३ पटक

    धरान – सुनसरी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डाक्टरहरुले प्रतिष्ठान परिसर लगायद अस्पताल वाहिरका क्लिनिक र औषधि पसलहरुमा जादा आफ्ना निजी मोटरसाईकल र स्कुटर चलाउदा अधिकांशले हेलमेट लगाउदैनन्।

    वीपी प्रतिष्ठानका डाक्टर, नर्स, विधार्थीहरु र सुरक्षा गार्डहरुले लगायदका स्टाफहरुले समेत मोटरसाइक चलाउदा टेलमेट नलगाई सवारी साधन चलाइ रहेका हुन्छन्। सडक दुर्घटनामा दुई पाङ्ग्रे सवारीसाधन बढी पर्ने र त्यस्ता दुर्घटनालाई न्यूनीकरण गर्न सुरक्षात्मक उपायका रूपमा हेल्मेट अनिवार्य लगाउनुपर्ने ट्राफिक प्रहरीको नियम छ ।

    सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा पनि स्पष्ट रूपमा दुई पाङग्रे सवारी साधन चलाउँदा चालक र सोमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) लगाउनुपर्ने उल्लेख गरिएको छ । तर धरानको वीपी प्रतिष्ठान परिसरभित्र निर्वाध रुपमा हेल्मेटबिनै चिकित्सक, नर्स, सुरक्षा गार्डहरु र विद्यार्थीहरुले बाइक÷स्कुटर चलाउने गरेका छन्।

    हेल्मेट नलगाई सवारी साधन चलाउन पाईन्छ भन्ने प्रश्नमा अधिकांशका जबाफ “क्वाटर र हाम्रो काम गर्ने विभागको दूरी मात्र ५ मिनेटको छ । त्यहीँदेखि यहाँ आउन किन लगाइरहनु भनेर मात्र हेल्मेट नलगाएको हो।” हेल्मेट नलगाई हिँड्ने अन्य चिकित्सक, नर्स तथा विद्यार्थीहरुका समेत जवाफ एउटै हुन्छ ।

    एक हजार पाँच सयसम्म जरिवाना

    ट्राफिक प्रहरीले हेल्मेट नलगाई सवारीसाधन चलाउँदा न्यूनतम पाँच सयदेखि अधिकतम १ हजार ५ सयसम्म नगद जरिवाना गर्ने प्रावधान छ । तर प्रतिष्ठानभित्र ट्राफिक प्रहरीको उपस्थिति नहुने हुँदा यहाँ ट्राफिक नियम कार्यान्वयन नभएको हो । 

    अब एक्सन हुन्छः ट्राफिक प्रहरी

    १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका एसपी वासुदेव खतिवडाले ट्राफिक नियम जुनसुकै सार्वजनिक स्थानहरूमा लागु हुने स्पष्ट पारे । धरानको वीपी प्रतिष्ठानभित्र सडक मार्ग धेरै रहेकाले पनि ट्राफिक नियम लागु हुने र हेल्मेट नलगाई हिँड्नेहरुको हकमा ‘एक्सन’ हुने उनले बताए । प्रतिष्ठानभित्र अब ट्राफिक प्रहरीको अनुगमन हुन्छ र यसलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले समन्वय गर्ने एसपी खतिवडाले जानकारी दिए ।

    प्रतिष्ठान परिसरमा हेल्मेट नलगाई सवारी साधन चलाउँदा समय समयमा दुर्घटनासमेत हुने गरेको अवस्था छ । प्रतिष्ठानभित्र दुर्घटना हुने र बाहिर प्रहरीले मिलापत्र गराएका धेरै उदाहरण भएको स्थानीय बताउछन् । प्रतिष्ठानभित्र प्रायः स्वास्थ्य सेवा लिन आउने बिरामी तथा उनका आफन्तहरूले मात्र हेल्मेट प्रयोग गरेको देखिन्छ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ १०, २०८२ (मे २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रवि लामिछाने थुनामै रहने, सर्वोच्चको आदेशले उच्च अदालतको निर्णय सदर

    काठमाडौं, जेठ ९ – सुप्रिम सहकारी काण्डसँग जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा...

    प्रधानमन्त्री ओलीको व्यंग्य: “राजा राख्ने हो भने घरमै सिंहासन बनाऊ”

    पोखरा, जेठ ९ – राष्ट्रिय युवा संघ नेपालको १०औं महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै नेकपा एमालेका...

    रवि लामिछानेको मुद्दामा त्रिपाठी र भण्डारीको चेतावनी : “छाड्नु नै हुँदैन”

    काठमाडौं, जेठ ९ – सहकारी कोष अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध...

    गुनासो सुन्ने अभियानको सुरुवात कोशीबाट, विद्युत् आपूर्तिमा विश्वसनीयता कायम गर्ने प्रयास तीव्र

    काठमाडौं, जेठ ९ – नेपाल विद्युत् प्राधिकरणले पछिल्लो समय उपभोक्ताबीच देखिएको असन्तुष्टि र सामाजिक सञ्जालमा...