News Portal

  • विराटनगरमा राष्ट्रिय अनुसन्धानका एक कर्मचारीको हत्या

    हिमालीसंचार संवाददाता
    ५२८ पटक

    विराटनगर – पारिवारिक विवादलाई लिएर विराटनगरमा राष्ट्रिय अनुसन्धानका कर्मचारीको शुक्रबार राति हत्या भएको छ । विराटनगर महानगरपालिका–५ पृथ्वी चोक घर भएका ४२ वर्षीय भोला सिंहको आफ्नै घरमा हत्या भएको हो।

    मादक पदार्थ सेवन (मापसे) गरेका आफ्नै भाइ ३१ वर्षीय साजन सिंहले धारिलो हतियारले प्रहार गरी उनको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले हिमालीसंचार डटकमलाई जानकारी दिए ।

    गम्भीर अवस्थामा प्रहरीले उद्धार गरेर घाइतेलाई उपचारका लागि अस्पताल लगेको थियो,’ उनले भने, ‘अस्पताल पु¥याएको केही बेरमै चिकित्सकले मृत घोषित गरिदिए।’ एसपी जिसीका अनुसार मृतकलाई लागेको चोटका आधारमा घटनामा धारिलो हतियार प्रयोग भएको पुष्टि गरेको हो। तर कुन हतियार हो भन्ने अझै यकिन भएको छैन ।

    प्रहरीले ‘हत्यामा प्रयोग गरिएको हतियार फेला परेको छैन। प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताए। ‘उनले भने, ‘घटनास्थलमा सिसा र कुर्सीहरु फुटेका एवं भाँचिएका छन्। घटनास्थल वरपर रगत लतपतिएको छ ।’उनले दाजुको हत्यामा संलग्न साजनलाई पक्राउ गरिसकिएको बताए । उनले सोकेसको सिसाले प्रहार गरेको प्रहरीलाई बताएका छन् । दाजुसँगको झगडामा सामान्य घाइते भएका उनलाई पनि उपचारका लागि नर्सिङ होममै भर्ना गरिएको थियो ।

    उनका अनुसार दाजु–भाइबीच परिवारिक विषयलाई लिएर विवाद भएपछि राति १०:३० बजेतिर साजनले दाजुमाथि धारिलो हतियार प्रहार गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।

    मृतक भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार हुन् । अनुसन्धान कार्यालयका सूचक रहेका उनी एक महिनाअघि तालिमका लागि हेटौँडा गएका थिए । आफ्नी आमा बिरामी रहेको थाहा पाएपछि भोला तालिम सकिएपछि केही दिनअघि मात्रै विराटनगरस्थित घरमा पुगेको राष्ट्रिय अनुसन्धान खोटाङका प्रमुख हीरा भट्टराईले बताए । उनका अनुसार भोला खोटाङ फर्किने तयारीमा थिए । तर कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाका कारण कार्यालय फर्कन सम्भव नभएकाले रोकिएको भट्टराईले जानकारी दिए ।

    गम्भीर घाइते अवस्थाका भोलालाई तत्काल प्रहरीले उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पुयाईए पनि राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरेको जिसीले बताए । उनका अनुसार हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको थियो ।

    हत्यामा संलग्न साजन आफैँ घाइते अवस्थामा रहेकाले घटनाका बारेमा धेरै कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । साजनले मापसे गरेर झगडा गरेको पाइएको छ । प्रहरीका अनुसार उनी लागुऔषधका दुव्र्यसनी पनि भएको खुलेको छ । विगतमा पनि विभिन्न अपराधिक घटनामा संलग्न साजनलाई प्रहरीले पटक–पटक पक्राउ गरेर कारबाही गरेको थियो ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    गण्डकीमा गुरुङ–मगर भाषालाई मान्यता, कोशीमा दीप प्रज्वलन गर्दै खुसी साटासाट

    इटहरी, असार २७ — गण्डकी प्रदेशमा गुरुङ र मगर भाषालाई सरकारी कामकाजी भाषाको मान्यता दिने...

    अर्घाखाँचीमा मदिराले मात्तिएको छोराको निर्मम कर्म : बाबुको हत्या गरेर मलखातामा गाडियो

    अर्घाखाँची, असार २७ — सामान्य घरायसी विवादले बिघटनको रुप लिँदै जाँदा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ डिभर्ना...

    आज २०८२ साल असार २७ गतेको राशिफल

    आज असार २७, २०८२ (जुलाई ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    धनपालथानस्थित उखुबारीमा २६ बोरा बेवारिसे गाँजा बरामद

    मोरङ, असार २६ – मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा प्रहरीले २६ बोरा बेवारिसे गाँजा बरामद...

    त्रिशूली नदी किनारमा शंकास्पद अवस्थामा भेटियो अज्ञात पुरुषको शव

    चितवन, असार २६ – चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलास्थित त्रिशूली नदीको किनारमा बिहीबार बिहान एक अज्ञात...