News Portal

वैदेशिक रोजगारीको विवादले उग्र रुप लिँदा सप्तरीमा एकको मृत्यु

हिमालीसंचार संवाददाता
४३७ पटक

सप्तरी।
वैदेशिक रोजगारीमा भने जस्तो काम नपाएका विषयमा भएको विवादले उग्र रुप लिँदा सप्तरीमा आज एक जनाको मृत्यु भएको छ। कुटपिटबाट घाइते खडक नगरपालिका–९ लालपट्टीका ५८ वर्षीय दाउद मियाँको उपचारका क्रममा शनिबार मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीमा पठाएको व्यक्तिसँग भने जस्तो काम नपाएकाले पैसा फिर्ता मागेपछि दुई पक्षबीच बिहीबार राति विवाद भएको थियो। सोही विषयमा कुटपिट हुँदा दाउराको प्रहारबाट टाउकामा चोट लागेका दाउदको राजविराजमा उपचारका क्रममा मृत्यु भएको हो।

राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शवको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आजै परीक्षण गरिएको छ। आरोपितको पहिचान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले बताए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...