News Portal

वैदेशिक रोजगारीमा जाने ७५ प्रतिशत नेपाली कामदार अदक्ष

८४१ पटक

काठमाडौं – नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुमध्ये तीन चौथाई भन्दा बढी अदक्ष कामदार रहेको पाइएको छ । युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कामका लागि विदेश जाने नेपाली युवामध्ये ७५.५ प्रतिशत अदक्ष छन् ।

वैदेशिक रोजगारीमा जाने दक्ष नेपाली युवा जम्मा १.५ प्रतिशतमात्र रहेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । त्यस्तै रोजगारीका लागि बाहृय मुलुक गएका नेपालीहरुमध्ये २३ प्रतिशत अर्धदक्ष छन् ।

वैदेशिक रोजगारीमा जाने धेरैजसो कामदार अदक्ष हुँदा उनीहरुले पाउने सेवा सुविधा कम हुनुका साथै जोखिमपूर्ण काम गर्नुपरेको मन्त्रालयले जनाएको छ ।

युवाहरुमा प्रावधिक शिक्षाको पहुँच नहुँदा उनीहरुले काममा दक्ष हुन नसकेको मन्त्रालयको भनाइ छ । ‘प्राविधिक शिक्षा र तालिम स्वरोजगार र उद्यममुखी समेत हुन सकेको छैन’ मन्त्रालयको प्रतिवेदनमा उल्लेख गरिएको छ, अहिले उपलब्ध तालिमका सीमित अवसरहरुमा समेत लक्षित र सीमान्तकृत तथा विपन्न वर्गको पहुँच पुग्न सकेको छैन ।’

नेपालबाट वर्षेनी चार लाख ५० हजार जना विदेश जाने गरेका छन् । तर गत वर्ष गत वर्ष तीन लाख २३ हजार जना विदेश गएका छन् । मन्त्रालयका अनुसार अध्ययनका लागि बाहृय मुलुक जान स्वीकृति लिने युवा ३९ हजार छन् । हाल ४० लाख भन्दा बढी युवा कामका लागि बाहृय मुलुकमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पूर्ण बेरोजगार २ प्रतिशत, कृषिमा संलग्न ५० प्रतिशत

नेपालमा २.३ प्रतिशत युवाहरु मात्रै पूर्ण बेरोजगार रहेको युवा तथा खेलकुद मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयका अनुसार अर्धवेरोजगार युवाहरु २८.३ प्रतिशत रहेका छन् भने कृषिमा ५०.५ प्रतिशत युवाहरु संलग्न छन् ।

युवा साक्षरता बढ्यो

नेपालमा कूल जनसंख्याको ४०.५३ प्रतिशत जनसंख्या युवाको छ । तीमध्ये करिब ८२ प्रतिशत साक्षर छन् । वि.सं.२०६८ को जनगणना अनुसार ७१ प्रतिशत युवा मात्रै साक्षर थिए । यो अवधीमा युवा साक्षरता ११ प्रतिशतले बढेको युवा तथा खेलकुद मन्त्रालयले जानकारी दिएको हो । १८ प्रतिशत युवा अझै निरक्षर रहेका छन् ।

युवा पत्रकारिता पुरस्कार घोषणा

युवा तथा खेलकुद मन्त्रालयले ५० हजार राशीको युवा पत्रकारिता पुरस्कारको समेत घोषणा गरेको छ ।

हरेक वर्ष एक जनालाई प्रदान गरिने पुरस्कारलाई व्यवस्थित गर्नका लागि युवा पत्रकारिता पुरस्कार कार्यविधि २०७५ समेत तय गरिएको छ । पुरस्कार सिफारिस समितिमा एक संयोजक, एक सदस्य सचिव र ३ सदस्यसहित पाँच जना रहनेछन् । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...