News Portal

लोहोरुङ राई भाषाको पाठ्यपुस्तक तयार, स्थानीय तहमा लागू गरिने

“संखुवासभाको तीन स्थानीय तहमा पढाई हुने”

हिमालीसंचार संवाददाता
३२९ पटक

काठमाण्डौ – संखुवासभाको तीनवटा स्थानीय तहका सरकारी विद्यालयहरुमा मातृभाषा शिक्षाको रुपमा लोहोरुङ राई भाषा लागू गर्नका लागि कक्षा- १ को पाठ्यपुस्तक ‘लोहोरुङ’ पाठ्यपुस्तक तयार गरिएको छ ।

लोहोरुङ राई समाजले निर्माण गरेको पाठ्यपुस्तक संखुवासभास्थित खाँदबारी नगरपालिका, सभापोखरी गाउँपालिका र चिचिला गाउँपालिकाका विभिन्न विद्यालयहरुमा लागू हुने भएको हो । लोहोरुङ राईहरुको मुख्य बसोबास संखुवासभाको तीनवटा स्थानीय तहहरुमा रहेको छ ।

लोहोरुङ राई समाजले स्थानीय तहसंग आवश्यक समन्वय गरी सरकारी विद्यालयहरुमा लोहोरुङ भाषाको पाठ्यपुस्तक लागू गर्ने भएको हो । लोहोरुङ मातृ भाषाको पुस्तकका लेखक दिवस लोहोरुङ राईले स्थानीय तहसंग समन्वय गरेर विभिन्न सरकारी विद्यालयहरुको छनोट गरी लोहोरुङ भाषाको पढाइ सुरु गरिने हिमालीसंचार डटकमसंग बताए ।

स्थानीय तहहरुको आर्थिक सहयोगमा लोहोरुङ राई समाजले तयार पारेको पाठ्यपुस्तक मातृभाषा विषयको रुपमा तयार पारिएको हो । पाठ्यपुस्तक तयार पार्नका लागि लोहोरुङ राई समाजलाई प्रा.डा. तारामणि राईले प्राज्ञिक सहयोग गरेका थिए ।

प्रा. डा. तारामणि राईका अनुसार; २८ वटा भाषिक राईहरुमध्ये लोहोरुङ राई कम जनसंख्या रहेको राईभित्र पर्दछन् । विस २०६८ सालको जनगणना अनुसार नेपालमा लोहोरुङ भाषाको वक्ता ३ हजार ७ सय १७ मात्र रहेको उल्लेख गरिएको छ । लोहोरुङ राई भाषाको वक्ता भन्दा लोहोरुङ राईहरुको जनसंख्या कम देखिएको छ ।

लोहोरुङ मातृ भाषाका लेखक दिवस राईका अनुसार “स्थानीय गाउ परिवेशमा गैरलोहोरुङहरुले समेत लोहोरुङ भाषा बोल्नाले लोहोरुङ भाषाको वक्ताको संख्या बढी भएको बताए ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...