News Portal

भ्रष्टाचारको आरोप लागेका हाईटीका राष्ट्रपतिले राजीनामा दिन नमानेपछि आक्रमण गरी हत्या

हिमालीसंचार संवाददाता
५६४ पटक

एजेन्सी – हाईटीका राष्ट्रपति जोभनेल मोइजको निजी निवासमै आक्रमण गरी हत्या गरिएको छ । पोर्ट–अ–प्रिन्सस्थित राष्ट्रपतिको निवासमा स्थानीय समयअनुसार बिहान १ बजे अज्ञात हतियारधारीहरूले आक्रमण गरी उनको हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

राष्ट्रपति मोइज ज्यान गएको कुरा हाईटी अन्तरिम प्रधानमन्त्रीले वक्तव्यमार्फत पुष्टि गरेका छन् । आक्रमणमा राष्ट्रपति मोइज श्रीमती घाइते भएको समेत जनाइएको छ । राष्ट्रपतिकै हत्या भएपछि अन्योलता बढिरहेको बेला अन्तरिम प्रधानमन्त्रीले राज्यको निरन्तरताका लागि आवश्यक सबै उपायहरू अपनाइएको बताएका छन्।

यसअघिका राष्ट्रपतिले राजीनामा दिएपछि ५३ वर्षीय मोइजले सन् २०१७ सालको फेब्रुअरीदेखि सत्ता सम्हालेका थिए । उनीमाथि भ्रष्टाचारको आरोप लाग्नुका साथै उनको विरोधमा देशमा हिंसात्मक विरोध प्रदर्शनहरू हुँदै आएको थियो । उनको राजीनामाको मागसमेत भइरहेको थियो । 

हाईटीका विपक्षी राजनीतिक संगठनहरूका अनुसार राष्ट्रपति मोइजको पाँच वर्षे कार्यकाल ७ फेब्रअरी २०२१ मा नै सकिए पनि उनले पद त्याग गर्न आनाकानी गर्दै आएका थिए । तर मोइजले आफूले एक बर्ष ढिलो गरी सत्तारोहण गरेकाले कार्यकाल अझै बाँकी रहेको दाबी गर्दै आएका थिए ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...