News Portal

  • जसले मृगौला दिएर पुन:जन्म दिने एउटी आमा !

    'बरु म मर्छु, छोरालाई बचाउँछु भनेर मृगौला दिएँ' - आमा

    हिमालीसंचार संवाददाता
    ५२३ पटक

    खोटाङ – खोटाङ जिल्ला केपीलासगढी गाउँपालिका वडा नं.३ बासपानीका २८ वर्षीय सुरेश परियारका दुबै मिर्गौला फेल भएपछि जीवन मरणको अन्तिम श्वास फेरीरहेका दमाईलाई आफ्नै आमाले मृगौला दान गरेकी छिन्।

    दुबै मृगौला फेल भएका सुरेश परिवारको आर्थिक अवस्था नाजुक रहेका कारण मृगौला फेर्ने समस्या रहेको थियो । उनको दुबै मृगौला काम नलाग्ने भएपछि उनको शरिर सुकिसकेको थिए । सुरेश दमाईलाई आफ्नै जन्म दिने आमा धनकुमारी दमाईले मृगौला दिएर पुन:जन्म दिएकी छिन्। आमा-छोराको उमेरको करिब ३७ बर्षको अन्तर रहेको छ। सुरेश दमाई २८ बर्षका भए । आमा धनकुमारी दमाई ६५ बर्षकी भइन्। 

    धनकुमारी दमाईकी कान्छो छोरो सुरेश दमाईको शारीरिक रुपमा स्वास्थ्य थिए। सुरेश दमाई पुर्ख्यौली पेशा कपडा सिलाउने कामका लागि मेसिनसहित तापखोला तरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका पुगेका थिए। उनले त्यही काम गर्दागर्दै अचानक दुबै आँखाको ज्योती बन्द भयो । 

    बासपानी घर भएका युवा नेता राजन राई (हाल प्रदेशसभा सांसद) पहलमा उनको आँखाको उपचारका लागि अस्पताल लगियो । अस्पतालले उनलाई चश्मा दियो। विस २०७३ सालमा थप उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्या विज्ञान प्रतिष्ठान धरानले उनको मृगौलामा समस्या रहेको पुष्टि गरेको थिए । 

    नियमित डायलासिसले मात्र स्वास्थ्यमा सुधार नहुने भएपछि सुरेश दमाईको विस २०७५ साल असार २१ गते अंग प्रत्यारोपन केन्द्र भक्तपुरमा आमा धनकुमारी दमाईले छोराको लागि मृगौला दिएकी थिइन् ।

    सुरेश दमाई अस्पतालको बेडमा छट्पटी रहेको देख्दा त्यो भन्दा बढी पिडा आमालाई हुन्थ्यो। छोरोको नाजुक अवस्था देखेर आमाले ‘बरु आफू मर्ने, छोरालाई मर्न नदिने’ भन्दै आफै मृगौला दिएकी थिईन्। ‘म बुढी भइसकेँ, मैले मर्दा केही हुन्न, छोरो बाँच्नुपर्छ, उसको श्रीमती छ, एउटा छोरी छ। बरु म मर्छु भनेँ,’ आमाले भनिन्, ‘हाम्रो नेता राजन राई उहाँकै परिवारको सहयोगमा अस्पतालमा पुग्यौं। मैले छोरालाई मृगौला दिएँ। अहिले आमा छोरा दुबैको स्वास्थ्य सामान्य रहेको छ।’

    छोरा बिरामी भएको चिन्ताले आमालाई भारी पीर थियो । मृगौला प्रत्यारोपणका लागि अपरेशन कक्षमा लैजाँदा पनि उनलाई छोराको चिन्ता थियो। सेतो गाउन लगाएकी एउटी महिला स्वास्थ्यकर्मीले ‘आमा! नडराउनु’ भनिरहेका थिए। तर, त्यो बेला डर नलागेको आमा बताउँछिन्। मिर्गौला प्रत्यारोपणपछि ५ दिनको औषधि दिइएको थियो।

    त्यो पाँच दिनको औषधि सेवन गरेदेखि अहिलेसम्म उसले औषधि खानु परेको छैन। त्यो बेला दिशापिसाव गर्नका लागि कसैको साहरा पनि लिएनन्। अहिलेसम्म स्वास्थ्यमा कुनै समस्या छैन। मेलापात, घाँस, दाउरा, अर्मपर्ममा उत्तिकै क्रियासिल छिन् । मृगौला दिने समयमा ‘काटेको घाउ रातका समयमा चिलाउँछ, त्यो भन्दा अरु समस्या छैन,’ धनकुमारीले भनिन्, ‘नंग्रा लगाएर कन्याउनु हुन्न। लुगामाथिबाटै मडार्ने गरेकी छु।’

    मिर्गौला प्रत्यारोपणपछि छोरो सुरेशको स्वास्थ्य अवस्था पनि सामान्य छ। उसले धरानमा टेलर्सको काम गरिरहेका छन्। हाल सुरेशको औषधिमा हुने खर्च प्रदेशसभा सांसद राईकै परिवारबाट जुटिरहेको धनकुमारीले बताईन्। मधेश गएका श्रीमान टेकबहादुर लामो समयसम्म घर नफर्किएपछि धनकुमारी एक्लैले बनिबुतो गर्दै जेठो छोरा दिलबहादुर र कान्छो छोरा सुरेशलाई हुर्काएकी हुन्।

    जेठो छोरो दिलबहादुर शारीरिकरुपमा अशक्त छन्। उनीहरुको आफ्नो जग्गा जमिन छैन। हाल छाप्रोमा बसिरहेका धनकुमारी र छोरा दिलबहादुरका लागि प्रदेशसभा सांसद राईकै पहलमा घर निर्माण भइरहेको छ। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रचण्डको दाबी -नेपाली कम्युनिस्ट पार्टीलाई देशकै नम्बर १ बन्न कसैले रोक्न सक्दैन

    काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी...

    प्रधानमन्त्रीको भनाइप्रति प्रचण्डको असन्तुष्टि

    काठमाडौं, कात्तिक १९ – प्रधानमन्त्री सुशीला कार्कीले शीर्ष तीन नेतासँग भेट्न नचाहेको अभिव्यक्ति प्रति नेपाली कम्युनिस्ट...

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...