News Portal

  • कांग्रेस डुबाउने देउवा कसरी बन्लान पुनः पार्टीको सभापति !

    कर्ण बहादुर अधिकारी
    ५५८ पटक

    नेपाली कांग्रेसको आसन्न चौंधौ महाधिवेशनको पूर्व सन्ध्यामा पार्टी सभापति कसले आफ्नो पकडमा पार्लान त भन्ने बिषयमा बिभिन्न अडकल बाजी शुरू भई सकेको छ भने पार्टीका नेता कार्यकर्ताहरू इकाईदेखि नै सक्रिय भएर पार्टीको अधिवेशन सफल पार्नका लागि जुरमुराई सकेका छन्। बिशेषत कांग्रेस भित्र रहेका केहि खेमाहरू सक्रिय भएर आफ्ना मातहातका नेताहरूलाई अगाडी बढाउने काममा लागि परी सकेका छन्।

    पार्टीको इकाईदेखि केन्द्रसम्मको अधिवेशन र महाधिवेशनको मिति नै तय भईसके पश्चात फेरी यस पटक पनि कृयाशील सदस्यतामा बिबाद हुन पुगेको छ। प्रत्येक महाधिवेशनको पूर्व सन्ध्यमा यसरी बिबाद हुनुको मुल कारक तत्व नै राम्रालाई नभई हाम्रालाई काफल बाडे सरी कृयाशील सदस्यता बितरण गर्नु नै हो। कांग्रेस भित्र यस पटक सभापतिका दाबेदारका रूपमा शेर बहादुर देउवा,रामचन्द्र पौडेल, बिमलेन्द्र निधि,अर्जुन नरसिंह केसी, डा.राम शरण महत, प्रकाशमान सिंह, कृष्ण प्रसाद सिटौला, शशांक कोइराला, शेखर कोईराला सुजता कोईराला साथै यूवा नेता गगन कुमार थापाको पनि नाम जोडिन आएको छ।

    आखिर जो जसको नाम सभापतिमा जोडिएर आयता पनि यस पटकको महाधिवेशनले राम्रो निडर र कांग्रेस प्रेमी सभापति पाओस भन्ने कामना हो। यसो भनि रहदा बिगतका र बर्तमान सभापतिलाई चाँहि नराम्रो भन्न खोजिएको होईन उहाँहरूको काम र कर्तब्यको मुल्याङ्कन सिङ्गो पार्टी र कार्यकर्ताहरूले गरी रहनु भएकै छ। बर्तमान सभापति देउवाको आफ्ना कार्यकालमा देश जनता र पार्टीका लागि के के काम भए भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ जुन म जस्तो तुच्छ कार्यकर्ताले ओकली रहनु पर्दैन। कांग्रेसका शांख कसको र के कारण खस्कियो भन्ने कुराको जानकार तपाई हामी पूर्ण रूपमा जानकार छौ।नेपालकै नम्बर १ पार्टी भनेर चिनिएको कांग्रेस एकाएक जिरो लेवलमा झरेर सिंगो देश कम्युनिष्ट मयी हुनुमा कांग्रेसकै बागडोर सम्हाल्नु हुने अग्रज नेता देउवा नै हुन।

    कहिले माओबादीलाई बोकेर हिड्नाले त कहिले कम्युनिष्टका खोल ओढेकाहरूसंग सत्ता साझेदारी गर्नुले पनि काग्रेस पछाडी परेको हो। कांग्रेस भित्र निष्ठाको राजनिति गर्ने प्राय कोहि भेटिएन। सबै पद र प्रतिष्ठाका लागि मात्र दौडिएका देखिए। कसैले राजदुतमा आफ्ना नाता गोतालाई टिकाउनु त कसैला श्रीमती साला सालीहरूलाई कांग्रेस र देशकै उच्च ओदाहमा प्रतिस्थापना गर्नु नै थियो र छ पनि। तर ती बिचरा कांग्रेस कांग्रेस भन्दै दौडिनेहरूलाई चाहि आफ्नो र आफन्तका चिन्ता भन्दा पनि कांग्रेस सकिन लाग्यो भन्ने चिन्ता छ र सधै भरी चिन्तामा नै डुबि रहेका छन्।

    जो कांग्रेस भित्र निष्ठाको राजनिति गरी रहेका छन साच्चै भन्नु पर्दा त्यस्तालाई अहिले सम्म न त कांग्रेसले चिन्न सक्यो न त तिनले कृयाशील सदस्यता नै पाए। पाए त केवल उच्च तहमा रहेका कांग्रेस नेताहरूको आसेपासेले नै। त्यस कारण अब आउँदा दिनमा कांग्रेसले कार्यकर्ताको र पार्टीको मनोभावनालाई आत्मसात गर्ने सभापति पाओस। प्रसंग जोडौ अब फेरी देउवा नै बन्लान त कांग्रेस सभापति भन्ने बिषयमा।

    सभापति देउवाको बर्तमान कार्यकाललाई मध्य नजर र नजर अन्दाज गर्ने हो भने यिनी अर्को कार्य कालका लागि सक्षम र सबल छैनन्। यिनी सभापति भए पश्चात प्रति निधि सभा र प्रदेश सभाको चुनाव गराउन त सफल भए तर कांग्रेसलाई भित्तामा नै पुराई दिए। यस बिषयमा कहिले पनि सभापतिको हैसियतमा जिम्मेवारी बोध गर्न सकेनन्।भन्न त कांग्रेसीहरूले नै देउवालाई सहानुभुतिका लागि कांग्रेस आफू हारेर पनि देशलाई जिताउन सफल भए भनेर ।

    बर्तमान अबस्थामा म नितान्त मझदारमा रहेर ओकलात गर्ने हो भने चौंधौ मबाधिवेशनले कि त शेखर कि त शशांक वा डा. रामशरण महतले नै पाउनु पर्छ भन्ने हो तर यस बिषयको टुंगो लाउने जिम्मेवारी भने १४ औं महाधिवेशनका लागि चुनिएका बौदिक बर्गका महासमिति सदस्य र महाधिवेशन प्रति निधिहरू नै हुन। यी बौदिक ब्यक्तित्वहरूले घाँस खाएनन भने अबस्य नै कांग्रेसले राम्रो र निष्ठावान सभापति पाउने छन्। त्यसै गरी कांग्रेस भित्र निष्ठाको राजनिति गर्ने बरीष्ठ नेता राम चन्द्र पौडेलका बिषयमा पनि केहि चर्चा गरौ पौडेल निष्ठाको राजनिति त गर्ने हुन तर यिनमा लिडरशीप नभएकै कारण ओझेलमा परेका हुन।

    पार्टी हाक्नका लागि त लिडरशाप चाहिन्छ तर उहाँमा त केवल शिक्षकले बिद्यार्थीलाई लेक्चर दिए झै भाषण दिनु सिवाय केहि छैन। त्यसै गरी महामन्त्री गगन कुमार थापा पनि कांग्रेसका जल्दाबल्दा उदाउदो तारा नै हुन तर यिनको पनि बुढा नेताहरूकै कारण सभापति हुने र दावा गर्ने कहि कतै देखिदैन। यिनलाई यूवा नेता नै ठीक छ भन्न रूचाउछन कांग्रेसका बरीष्ठहरू। त्यसै गरी डा. चन्द्र भण्डारी, बिश्व प्रकाश शर्मा , प्रदिप पौडेल, धनराज गुरूङ, शंकर भण्डारी लगायतका थुप्रै नेताहरू ओझेलमा परेका छन्। यस्ता निष्ठाले राजनिति गर्नेहरू हर बखत पार्टीको केन्द्रिय कमिटीमा रहनु पर्छ भन्ने हामी सबैको चाहना पनि हो। अर्को कुरा कांग्रेस सदासर्बदा बिग्रिनुको मुल कारण नै गुट उपगुट नै हो।

    जब सम्म कांग्रेस भित्र गुट उपगुटले जरो गाड्छ तब सम्म कांग्रेस लोकतान्त्रिक पार्टी भए पनि सव्च्छको परीणाम कहिले पाउन सक्दैनौ। त्यसै गरी कांग्रेसमा महासमिति सदस्य र महाधिवेशन प्रति निधि बन्नेहरू पावरकै भरमा हुन। नेपाली कांग्रेसको बिदेश स्थित भातृ संस्थाबाट प्रतिनिधित्व गर्नेहरू नेताकै आसिर्बाद पाएर बनेका हुन्छन। त्यस्ता ब्यक्तिहरूले मतदान गर्दा राम्रालाई भन्दा पनि हाम्रालाई अंगाली दिन्छन। लगभग १०० देखि १५० सम्म महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य ओगट्ने जनसम्पर्क समितिका सदस्यहरूले यस पटक चाँहि हाम्रालाई होईन राम्रालाई मतदान गरून भन्ने चाहना हो मतदानमा १/ १ भोटको पनि महत्व हुन जान्छ। मतदानको महत्व बुझौ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...

    पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

    काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय...

    आज २०८२ साल भदौ ३१ गतेको राशिफल

    आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...