News Portal

सत्ता पल्टाइने डरले युक्रेनको सीमा थुनियो

हिमालीसंचार संवाददाता
६०० पटक

मिन्स्क।
बेलारुसले आफ्नो मुलुकभित्र अवैध हातहतियार तस्करी भइरहेको दाबी गर्दै युक्रेनको सिमाना बन्द गरेको छ। बेलारुसका राष्ट्रपति अलेक्जान्डर लुकासेन्कोले बाह्य शक्तिहरूले आफ्नो सत्ता पल्टाउने षड्यन्त्रअनुसार सो हतियार तस्करी भइरहेको बताएका छन्।

उनले बिना कुनै प्रमाण पेस नगरीकन आफ्ना सुरक्षा निकायहरूले आफूलाई सत्ताबाट फाल्ने षड्यन्त्रमा संलग्न विदेश समर्थित आतंककारी समूहहरूको पर्दाफास गरेको पनि दाबी गरेका छन्।

उनले सोभियत संघ विघटन भएको ३०औं वर्ष पुगेको स्मरणमा आयोजित एक समारोहमा अगाडि भनेका छन्– ‘तिनीहरूले सीमा नाघिसकेका छन् हामी तिनीहरूलाई क्षमा दिन सक्तैनौं।

जर्मनी, लिथुयानिया, पोल्यान्ड, युक्रेन र संयुक्त राज्य अमेरिकाबाट आर्थिक सहयोग प्राप्त आतंककारी समूहहरूलाई यसरी हातहतियार आपूर्ति भइरहेको छ। युक्रेनबाट थुप्रो परिमाणमा हातहतियार बेलारुस छिरिरहेको छ।’ बेलारुसको दक्षिणी भाग युक्रनेको सीमासँग जोडिएको छ। – एजेन्सी

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ४ गतेको राशिफल

आज वैशाख ४, २०८३ ( अप्रिल १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिर्जना पौडेल हत्या प्रकरण : कारागारमै बसेर बनेको योजना, ५ जना पक्राउ

कास्की, वैशाख ३ – पोखरामा २५ चैत साँझ सभागृह चोक नजिक खुँडा प्रहार गरी ४२...

रास्वपाद्वारा मन्त्री र सांसदका लागि लेबी निर्धारण

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्री, सांसद तथा उनीहरूका स्वकीय कर्मचारीका लागि...

रास्वपा संसदीय दलको बैठक सुरु, सभापति उम्मेदवार चयनमा छलफल

काठमाडौं, वैशाख ३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सिंहदरबारस्थित दलको कार्यालयमा सुरु भएको...

अस्पतालका निःशुल्क बेड अब अनलाइनमार्फत हेर्न मिल्ने

काठमाडौं, वैशाख ३ – सरकारले देशभरका अस्पतालमा विपन्न र असहाय बिरामीका लागि छुट्याइएको १० प्रतिशत...