News Portal

नारायणघाट-मुग्लिन सडकखण्डमा खसेको भीमकाय ढुंगो

हिमालीसंचार संवाददाता
३८३ पटक

 

चितवनस्थित नारायणघाट-मुग्लिन सडकखण्डमा ठूलो ढुंगो खसेको छ। लगातार अविरल वर्षापछि पहिरोसँगै एउटा ठूलो ढुंगो सडकमा खसेपछि दुई घण्टा सडक नै अवरूद्ध भएको थियो। 

बिहीबार अपरान्ह खसेको ढुंगो अहिलेसम्म हटाउन सकिएको छैन। दासढुंगाबाट केही अगाडि १४ किलो भन्ने ठाउँमा ठूलो ढुंगो माथि पहाडबाट सडकमा खसेको थियो। सडकको बीचमा ढुंगो रहेकोले सवारीसाधन सञ्चालनमा समस्या थियो।

एक्साभेटर लगाएर पहिरो पन्छाउने काम भइरहेका छन्। ढुंगोको दायाँबायाँबाट सवारी साधन सञ्चालन गरिएको छ। पहिरो खस्ने क्रम नरोकिएकोले ढुंगा फुटाउन सकिएको छैन।

सडक डिभिजन कार्यालय भरतपुरका ईञ्जिनियर शिव खनालका अनुसार ढुंगा फोर्ने तयारी छ। डोजर वा एक्साभेटरले धकलेर ढुंगा यताउता सार्न सक्ने अवस्था छैन।

यो ढुंगा खसेको ठाउँ नजिकै एउटा पसल थियो। त्यहाँका मानिस भने सुरक्षित छन्। अविरल वर्षासँगै नारायणघाट-मुग्लिन सडकखण्डका चारकिलो र पाँचकिलो तथा केराबारीमा पहिरो खसेका थिए। ती पहिरो हटाइसकिएको छ।

प्रतिकृया दिनुहोस्

मानव ओसारपोसार मुद्दामा कुवेतमा कार्यरत जीवन परियारमाथि(भुसाल) पक्राउ पुर्जी जारी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...