News Portal

  • अभद्र व्यवहार गरेको आरोपमा एक पक्राउ

    हिमालीसंचार संवाददाता
    ४०८ पटक

    रामेछाप।
    बटुवा महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरु समाउने र यौनाङ्गसमेत देखाई अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले रामेछाप सुनापति गाउँपालिका–५ रुपाकोट घर भई चाँगुनारायण नगरपालिका–६ भत्केकोपाटी नजिक बस्ने ३६ वर्षीय चमार सिं तामाङलाई पक्राउ गरेको छ।

    तामाङले गत पुसदेखि यता दर्जनौँ महिला तथा बालिकालाई दुव्र्यवहार गरेको प्रहरीको आरोप छ। तामाङले १४ वर्षीया बालिकादेखि ६० वर्षीया महिलासमेतलाई दुव्र्यवहार गरेको खुल्न आएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो।

    “गत पुसदेखि यस्ता उजुरी आएपछि धेरै प्रयास गरेका थियौँ, अहिले आएर पक्राउ गर्न सफल भयौँ”, उहाँले भन्नुभयो। अनुसन्धानका क्रममा तामाङले गत पुसदेखि बिहान उज्यालो नहुँदै र साँझ अँध्यारो भएपछि मोटरसाइकलमा सवार भई एकान्तस्थानमा पैदल हिँडिरहेकी महिला तथा बालिकाहरुको संवेदनशील अङ्गहरुमा समाउने र छातीलगायतका अङ्गहरुमा हिर्काएर भाग्ने गरेको खुल्न आएको प्रनाउ थापाले बताउनुभयो।

    तामाङलाई पक्राउ गरेको खबरले एक दर्जनभन्दा बढी पीडित महिला बुधवार प्रहरीको सम्पर्कमा आएको र त्यसमध्ये ६ जनाले किटानी जाहेरीसमेत दिएका छन। तामाङलाई अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयमा पेश गरेर प्रमुख जिल्ला अधिकारीबाट सात दिनको म्याद थप भएको प्रहरीले जनाएको छ।

    प्रहरीले तामाङलाई सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा समेत मुद्दा चलाउने भएको छ। तामाङलाई पाँच वटा अभद्र व्यवहार र एउटा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुरमा मुद्दा चलाउने तयारी भएको प्रहरीले जनाएको छ। भक्तपुरमा एकैपटक एक व्यक्तिलाई ६ वटा मुद्दामा कारवाही चलाइएको सम्भवतः यो पहिलो घटना हुनसक्ने प्रहरीको दावी छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अक्टोबरमा एनआरएनएको अधिवेशन हुनै सक्दैन, कानुनी रूपमा पनि अघि बढ्छौं : अध्यक्ष महेश कुमार श्रेष्ठ

    काठमाडौँ, साउन ४ – गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेश कुमार श्रेष्ठले सर्वोच्च अदालतको...

    दोलखाको सिंगटी–लामाबगर र लापिलाङ सडक पहिरोले अवरुद्ध, चारपांग्रे सवारी चल्न नसक्ने

    दोलखा, साउन ४ – अविरल वर्षासँगै आएको पहिरो र खहरे खोलाको बाढीका कारण दोलखाका दुई...

    नेपाल तामाङ घेदुङ कुवेतद्वारा मृगौला पीडित डोल्मु तामाङको उपचारको लागि १ लाख बढी सहयोग

    युग लामा / कुवेत, साउन ४ – नेपाल तामाङ घेदुङ कुवेतले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६,...

    ललितपुरका पूर्व मेयर तथा पूर्व मन्त्री बुद्धिराज बज्राचार्यको ८९ वर्षको उमेरमा निधन

    काठमाडौं, साउन ४ – ललितपुरको राजनीतिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा सक्रिय योगदान दिएका पूर्व मेयर...

    आज २०८२ साल साउन ४ गतेको राशिफल

    आज साउन ४, २०८२ (जुलाई २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...