News Portal

  • आज वि.सं २०७८ साल असार १७ गते बिहीवार, सन् २०२१ जुलाई १ तारिख

    हिमालीसंचार संवाददाता
    ४३३ पटक

    उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

    मेष – ARIES
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    छिमेकमा असमझदारी बढ्ने हुँदा होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आवश्यक पर्दा कर्जामार्फत धन जुट्नेछ। प्रयत्न गर्दा यात्रा गर्ने साइत जुर्न सक्छ। आफ्ना विषयवस्तुमा अरूले दाबी गर्ने सम्भावना रहेकाले सजग रहनुहाेला।

    वृष – TAURUS
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

    दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नाले जिम्मेवारी समेत बढ्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। रकम सञ्चयमा भने अलि बाधा पुग्न सक्छ।

    मिथुन – GEMINI
    का, कि, कु, घ, ङ, छ, के, को, ह

    प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।

    कर्कट – CANCER
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    अवसर आए पनि नयाँ काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धि दिलाउनेछ। काम पूरा गर्न नसकिए पनि आंशिक फाइदा हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुनेछ।

    सिंह – LEO
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। शुभचिन्तकहरूकाे साथले आयस्रोत सबल बन्नेछ र फजुल खर्च घट्नेछ।

    कन्या – VIRGO
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो

    पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। बिछोडिएका आफन्तसँग पुनः सम्पर्क कायम हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमजोरी सुधार गर्ने मौका छ। घरमा सुख र समृद्धिको आगमन हुनेछ। अतिथिका रूपमा सत्कार पाइने समय छ। आम्दानी बढाउने काम सुरु गर्न पनि सकिनेछ।

    तुला – LIBRA
    र, रि, रु, रे, रो, ता, ति, तु, ते

    लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।

    वृश्चिक – SCORPIO
    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्न सकिनेछ। तत्काल फाइदा नभए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहाेला।

    धनु – SAGITTARIUS
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

    बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउनेछ। साझेदारीमा पहिलेको सम्झौता भंग हुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। आफ्नाे काममा अरूको भरपर्नु व्यर्थ हुनेछ। परिवारजनको सहयोगले केही काम बन्नेछन्। महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको नतिजा कमजाेर देखिए पनि मेहनत गर्दा पछिलाई भने फाइदै हुनेछ।

    मकर – CAPRICORN
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि

    अग्रजहरूको सहयोग जुट्नुका साथै शुभचिन्तकहरूबाट उत्साह प्राप्त हुनेछ। पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम हातपार्ने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि समयअनुकूल लाभ नै हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर प्राप्त हुनेछन्। आँटेको काम सजिलै सम्पादन हुनेछ।

    कुम्भ – AQUARIUS
    गु, गे, गो, सा, सि, सु, से, सो, द

    हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले मौका गुम्न सक्छ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेत गर्दा केही उपलब्धि अवश्यै प्राप्त हुनेछ। बुद्धिकाे उपयाेगले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। लक्ष्य पहिल्याउन सकिनेछ।

    मीन – PISCES
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि

    अध्ययन र पहिरनले व्यक्तित्व निखार्ने समय छ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ भने सहयोगीहरूले साथ दिनेछन्। लाेकाचारका लागि पनि पहिलेका कमजोरी सुधार गर्नैपर्ने परिस्थित आउन सक्छ। काममा भने केही पछि परिनेछ। दिगो काम प्रारम्भ गर्न पनि केही समय पर्खनुपर्ला। पछि लाभ लिने काम भने सम्पादन हुनेछ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहाेला।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकन्थलीमा सडक कुकुरको बहादुरी, चोरी रोक्दै ज्यान जोखिममा

    भक्तपुर, भदौ ९ – भक्तपुरको लोकन्थलीमा एक सडक कुकुरले चोरीको प्रयास रोक्दा आफ्नो ज्यान जोखिममा...

    विद्यालय शिक्षा विधेयकमा विरोध, शिक्षक महासङ्घको आन्दोलन सुरु

    काठमाडौं, भदौ ९ – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० का सम्बन्धमा आफ्ना माग...

    रुबी हत्या प्रकरण : सुटकेसबाट फेला पर्‍यो महत्त्वपूर्ण प्रमाण, प्रहरी अनुसन्धान तीव्र

    रौतहट, भदौ ९ – रौतहटमा हत्या गरेर सुटकेसभित्र फ्यालिएकी २६ वर्षीया रुबीकुमारी साह सुडीको प्रकरणमा...

    भारत–चीन सम्झौताले सार्वभौमिकतामाथि आघात, सरकारलाई तत्काल पहल गर्न एमालेको माग

    दार्चुला, भदौ ९ – लिपुलेक–कालापानी हुँदै भारत र चीनबीच भएको भनिएको व्यापारिक सहमतिप्रति नेकपा (एमाले)...

    काठमाडौँमा गुण्डागर्दी गरेको आरोपमा रेस लामा पक्राउ

    काठमाडौँ, भदौ ९ – राजधानीमा गुण्डागर्दी गरेको आरोपमा दोलखा बैतेश्वर गाउँपालिका–३ का गोपाल मोक्तान, जसलाई...